कोटबाडामा एक करोडको लिफ्ट सिचाई आयोजना शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको वडा न. १ कोटबाडामा लिफ्ट सिचाईको सिलान्यास गरिएको छ ।

कर्नालि प्रदेश सरकारको लगानिमा नरहरिनाथ गाउँ पालिकाको वडा न. १को भैसे गौडा देखि गणेशपुर सम्म करिव १ किलो मिटर ३ सय मिटर उचाईमा सोलारबाट पानि लिएर सिचाई गर्ने योजना रहेको छ ।

उक्त आयोजनाको नरहरिनाथ गाउँ पालिका वडा न. १का वडाअध्यक्ष पृथ्वि बहादुर विष्टले सिलान्यास गर्नु भएको हो । सिचाई आयोजना सफल भएमा गणेशपुरका १ सय ५० घरधुरीलाई सिचाईमा सहजता आउने स्थानिय बासि तथा निर्माण समितिका अध्यक्ष नवराज विष्टले बताउनु भएको थियो ।

उक्त आयोजनाको काम अषाढ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

कालीकोटका विभिन्न ठाउँमा संचालनमा आएका एक दर्जन बढि लिफ्ट सिचाई आयोजना  समुदायको इच्छाशक्तिका अभावमा समस्या आउने गरेको भएपनि पचालझरनाको लाफामा उक्त आयोजनाबाट करिव ५ सय मिटर उचाईमा सिचाई शुरु गरिएको बताइएको छ ।

पानि अभावमा त्यहाँका बासिन्दाले सिचाई गर्न पाएका छैनन ।लिफ्ट सिचाई आयोजनाको लागत ९९ लाख ९७ हजार १९रुपैयाको रहेको सिएफसि नेपालका फिल्ड सुपरभाइजर राजेन्द्र प्रसाद बरालले बताएका छन ।सो मध्य स्थानियको जनश्रमदान ६१ हजार २सय१४ रुपैया रहेको समेत बरालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित