रास्कोटमा धान रोपाई शुरु

7
SHARES
15
VIEWS

कालीकोट । यस वर्ष समयमै वर्षा भएपछि रास्कोटको माथिल्लो क्षेत्रमा धान रोपाई शुरु भएको छ ।

रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्र टाक्से लगाएतका क्षेत्रमा धान रोपाईको चटारो शुरु भएको छ । विगत वर्ष झै जेष्ठ दोस्रो सातामा धान रोपाई हुने उक्त क्षेत्रमा यस वर्ष सोही समयमा धानको बेर्ना भएकाले समयमै रोपाई शुरु भएको रास्कोट नगरपालिका ५ की आमपुरा तिरुवाले बताइन । आफुहरुले लेकसाइडमा जग्गामा छिटो धान रोपाई गर्नु पर्ने र सोही अनुसार छिटो पाक्ने भएकाले धान रोपाई गरेको बताइन ।

सबै भन्दा बढि धान फल्ने उक्त क्षेत्रमा धान रोपाई शुरु हुन थालेको स्थानियले बताएका छन । रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हुने कृषकहरुले ६० देखि ७५ प्रतिशत धान रोपाई सम्पन्न गरेको बताइएको छ ।

यस वर्ष कोरोना महामारीका कारण एक आपसमा पढिमा जान नसक्ने भएपनि नजिकका छिमेकीहरुबाट सहयोग लिई स्वस्थ्य सुरक्षा मापदण्डलाई मध्यनजर गर्दै धान रोपाई गरेको कृषकहरुले बताएका छन ।
जिल्लाका अन्य क्षेत्र तिलागुफाको चिल्खाया,महावैको ओदानकु, गेला,पचालझरनाको खार्दु,खांडाचक्र नगरपालिकाको दाहाला, ऐक्षना लगाएतका ठाउँमा पनि धान रोपाई चटारो शुरु भएको कृषकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित