गाउँका टाठा बाठाले भन्दा सिंगो दलित वस्ति विकास प्रेमि — उपाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले गाउँका जान्ने बुझ्ने भन्दा पनि जमिन थोरै भएका दलित वस्ति(गणतन्त्र)का समुदायको विकास प्रतिको माया रहेको प्रति खुशि व्यक्त गरेकी छन ।

लामो समय सम्म सडक बन्न नसकेपछि वडा न. १ सिकुमा रहेको कृषि सडक दलित वस्ति.गणतन्त्र टोल) सम्म सम्पन्न भएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेको अथक प्रयास पछि यस अघि सर्भे भएको ठाउँबाट केही टाठा बाठाले गर्न नदिएपछि स्वस्थ्य चौकी देखि सिमलडांडा गणतन्त्र टोल सम्म सम्पन्न भएको हो ।

स्वस्थ्य चौकी देखि राम्रागाउँ हुंदै कांडागाउँ सम्मको सडकमा राम्रागाउँका केही अमुक व्यक्तिहरुले अबरोध गरेपछि गणतन्त्र टोलको दलित वस्तिका समुदायले जग्गा दिएपछि सडक निर्माण सम्पन्न भएको हो ।

उक्त सडक निर्माण सम्पन्न भएपछि सिंगो दलित वस्ति घरको आंगनमा सडक पुगेपछि दंग भएका छन । उनिहरुले यसरी सडक आंगनमा आउला भन्ने समेत आफुलाई विश्वास नभएकाले स्थानिय सरकारले सडक घरको आगनमा ल्याउदा हर्षित भएको स्थानिय दलसिंह शार्कीले बताए ।

आफुहरु धनको गरिव भएपनि मनको गरिव नभएको दलसिंहको भनाई रहेको छ । सडक निर्माण स्थलमा वडा न. १का वडा अध्यक्ष रत्नलाल न्यौपाने, वडा न. २का वडा अध्यक्ष करविर विक लगाएतको उपस्थिति रहेको बताइएको छ ।

अवरोध भएको सडक एक वर्ष अघि सर्भे गर्ने क्रममा फिता समाएर सडक लिने ठाउँमा अघि लागेका व्यक्ति नै सडक अबरोधमा लागेको  प्राविधिक सुर्य खड्काले बताए । उनले भने विकास गाउँमा गर्नु पर्छ भन्ने दलित वस्तिका अगुवाबाट राजनैतिक गरेका र मैहुं भन्ने हरुले समेत पाठ सिक्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित