कालीकोट जिल्लाको पचालझरना एक दुर्गम अनि रोग,भोक र विभन्न समस्याले पछि परेको गाउँ पालिका हो । यस गाउँ पालिकामा नेपालको अग्लो पचालझरनाको नामबाट राखिएको हो । १६६.९२ वर्ग किलोमिटर भु–भाग क्षेत्रफल भएको पचालझरना गाउँ पालिकामा जनयुद्धमा लामो समय जिवन विताएका साविकको राम्नाकोट गाविस ५का खडगराज सेजुवाल र साविकको बदालकोट ५की तारा न्यौपानेले बहुमत ल्याएर विजयि बनेपछि पचालझरना गाउँ पालिका विगतको भन्दा फरक हुन गएको छ । यस गाउँ पालिकाकोे नेतृत्व गरेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको बाल्यकाल देखि हाल सम्म कस्ता दुःख कष्ट ब्योहर्दै अघि बढ्नु भएको थियो ।गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका जिवन कालका विविध अनुभुतिलाई यस कर्नालि संचार अनलाईनबाट बाहिर ल्याउन खोजिएको छ ।यस अनलाइनका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले पचालझरना गाँउ पालिका अध्यक्ष खडगराज सेजुवाल संगको कुराकानिमा आधारित :
वाल्यकाल :
२०३७ चैत्र १४ गते कालीकोट जिल्ला साविकको राम्नाकोट गाविसमा बुवा कर्णजित सेजुवाल र आमा दुधकला सेजुवालको कोखबाट दोस्रो सुपुत्रको रुपमा खडगराज सेजुवालको जन्म भएको हो । बाल्यकालमा जन्मेको एक वर्ष तिन महिना पछि आमाको झाडा पखालाबाट निधन भएपछि टुहुरो भएको अवस्थामा दोस्रो आमा र गाउँका अधिकांश आमाहरुको काखमा हुर्किएको बताउदै बाल्यकालका निकै कष्टपूर्ण रुपमा विते वितेनन त्यो मलाई थाहा छैन तर त्यसको महसुस जव म हुर्कदै ठुलो भए त्यति बेला मात्र आमाको अभाव रहन गएछ भन्ने भयो । बुवा गाउँ घरमा घुम्न गएको बेला घर भित्र धुलो चामल राखेर जाने अरुलाई खाना बनाइ दिन भनेर जानु हुन्थ्यो ।
जन्मेको एक वर्ष तिन महिना पछि आमाको झाडा पखालाबाट निधन भएपछि टुहुरो भएको अवस्थामा दोस्रो आमा र गाउँका अधिकांश आमाहरुको काखमा हुर्किएको बताउदै बाल्यकालका निकै कष्टपूर्ण रुपमा विते वितेनन त्यो मलाई थाहा छैन तर त्यसको महसुस जव म हुर्कदै ठुलो भए त्यति बेला मात्र आमाको अभाव रहन गएछ भन्ने भयो ।
कसरी खाना खाइयो थाहा भयो आमाको मुख देख्न पाइन पछि हुर्कदै जांदा एसएलसि दिदा सम्म घरका सबै काम खाना पकाउन देखि घांस काट्ने लगाएतका घरायसि कामहरु आफै गर्ने गरेको सेजुवालले बाल्यकालका रमाइला दिन र बाधा अड्चन धेरै आयो तर सबै सामाना गरेर क्रमसे सेजुवालले वाल्यकालबाट युवा उमेरमा उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर गएपछि फरक महसुस कायम भएको बताए ।
शैक्षिक अवस्था :
प्राथमिक तह देखि माध्यमिकको परिक्षा गाउँको ज्ञानोद्धय मावि राम्नाकोटमा भएको थियो । ज्ञानोद्धय माविमा पढ्ने क्रममा २०५१ सालमा आफुहरु अनेरास्वियुमा आवद्ध भयौं तर त्यो कुरा गाउँका नेपालि कांग्रेसहरुले थाहा पाएर घरमा बुवालाई तेरो छोरा विग्रने भयो । कति राम्रो पढ्थ्यो भनेर कुरा लगाइ सकेपछि बुवाले म लगाएत गाउँमा राजनैतिक गर्नु पर्छ भनेर अग्रसर गराउने प्रकाश रोकाया, अनरुप रोकाया(अरुण)हरुलाई हप्काउने काम भयो तर बुवालाई दरिलो जवाफ दिदा सकरात्मक रुपमा बुझेको उनको भनाई छ । बुवालाई हामीहरुले राजनैतिक गरेका हौं कांग्रेसका विरुद्ध अघि बढेमा राजनैतिक आफुहरु गर्न नपाउने भयौं भनेर विग्रेको भनेको कुरा स्पष्ट पार्ने काम भयो पछि अनेरास्ववियुको जिल्लामा भेला भएको अवस्थामा संगठित हुने काम भयो र स्कुलमा सबैलाई अनेरास्वियुमा आवद्ध गर्ने काम भएको थियो । सेजुवालले २०५३ सालमा एसएलसि पुरा गरी उच्च शिक्षाका लागि सुर्खेत झरेर सुर्खेत (शिक्षा) बहुमुखि क्याम्पसमा राजनैतिक शास्त्रमा आइ ए सम्मको अध्ययन गरेका छन । तत्कालिन अवस्थामा गाउँमा शिक्षामा अभाव रहने भएपछि जागिर खानका लागि निकै दवाव दिएपनि आफुले जागिर खाएपछि राजनैतिक क्षेत्र कस्तो हुने हो । समाजमा आफुहरुले नेतृत्व गरे अघि बढ्ने सोच पलायो । जागिर भन्दा पनि राजनैतिक यात्रालाई अघि सारेका थिए ।
ज्ञानोद्धय माविमा पढ्ने क्रममा २०५१ सालमा आफुहरु अनेरास्वियुमा आवद्ध भयौं तर त्यो कुरा गाउँका नेपालि कांग्रेसहरुले थाहा पाएर घरमा बुवालाई तेरो छोरा विग्रने भयो । कति राम्रो पढ्थ्यो भनेर कुरा लगाइ सकेपछि बुवाले म लगाएत गाउँमा राजनैतिक गर्नु पर्छ भनेर अग्रसर गराउने प्रकाश रोकाया, अनरुप रोकाया(अरुण)हरुलाई हप्काउने काम भयो तर बुवालाई दरिलो जवाफ दिदा सकरात्मक रुपमा बुझेको उनको भनाई छ । बुवालाई हामीहरुले राजनैतिक गरेका हौं कांग्रेसका विरुद्ध अघि बढेमा राजनैतिक आफुहरु गर्न नपाउने भयौं भनेर विग्रेको भनेको कुरा स्पष्ट पार्ने काम भयो पछि अनेरास्ववियुको जिल्लामा भेला भएको अवस्थामा संगठित हुने काम भयो र स्कुलमा सबैलाई अनेरास्वियुमा आवद्ध गर्ने काम भएको थियो ।
बैबाहिक जिवन :
विद्यालयमा प्राथमिक तह देखि ज्ञानोद्धय मावि राम्नाकोटमा अध्ययन गर्दा गर्दै कहिले सांस्कृतिक कार्यक्रममा भाग लिने, कहिले अन्य खेलकुद देखि गाउँमा क्लवहरुका कार्यक्रममा संग संगै जाने क्रममा नजिक बाट माया प्रेमको जालमा परेपछि साविकको राम्नाकोट गाविस ५ निवासि अल्किना बम संग नजिक भएका थिए । उनले आफुहरु विचको सामिप्यता देखेर घरपरिवारले गाउँमा हुने विभिन्न कार्यक्रम स्थलबाट जवरजस्त घरमा लिने फलानो संग नजिक हुन्छ भनेर दवाव दिने गरे, अनि बैबाहिक सम्बन्ध का बारे अनावश्यक आरोप लगाउन थाले पछि झन नजिकिने बाताबरण बन्यो ।
म अध्ययनको सिल सिलामा तल तिर झर्दा टुटेको प्रेम सम्बन्ध म जनयुद्धमा सहभागि भइसके पछि टाढा भएपनि जारी थियो । माया प्रेममा परेका आफुहरु संगै अल्किना बम पनि जनयुद्धमा समाहित हुने काम भयो । जनयुद्धमा २०५९ साल बैशाख २९ गते कालीकोट जिल्लाको लालुमा वैबाहिक बन्धनमा बाधिने काम भयो । जनयुद्धमा लामो समय शैनिक हिरासतमा बसेकी अल्किना बम ले बझाङ्ग जिल्लामा तिन वर्ष जेलजिवन भोग्नु भएको थियो । हाल सेजुवालका २ छोरी १ छोरा रहेका छन ।
राजनैतिक यात्रा :
अध्ययनलाई जारी राख्ने सोच हुंदा हुंदै २०५४ सालमा अध्ययन जारी राख्दै रेडियो नेपालमा ३ महिना करारमा जागिर खाने काम समेत गरेका थिए । क्याम्पस पढाई संगै भुमिगत राजनैतिक यात्रा शुरु गरेको माओवादी संग सम्बन्ध भएपछि पढाइलाई विश्राम लिने काम भएको थियो ।
तत्कालिन समय(२०५६)मा कालीकोट जिल्लामा विद्यार्थि नेतृत्वमा खडेरी परेको थियो । नेकपा(माओवादी)को भातृ संगठन अखिल(क्रा)का तत्कालिन जिल्ला सँयोजक भक्ति संज्याल, जिल्ला सचिव धिर बहादुर बम, जिल्ला सदस्य शुक्ला बराल लगाएत आधा दर्जन विद्यार्थि नेताको शहादत भएपछि आफु जनयुद्धमा सहभागि हुंदा कालीकोट जिल्लाका नेताहरु खड्गबहादुर विक(प्रकाण्ड) भरत बम(रणविर)हरु संग भेट भयो । आफुलाई सरसल्लाह दिदा थप हौसला भयो ।
गाउँमा आंउदा घरपरिवारले जागिर खान पर्छ भनेर दवाव दिदा पनि आफुले राजनैतिक गर्नु पर्छ भन्ने हेतुले सुर्खेतबाट हिड्नु भन्दा घरबाट जनयुद्धमा समाहित हुने विचार गरेर घर आएको एक महिना पछि २०५६ सालको असोजमा जनयुद्धमा सहभागि हुनु भएका सेजुवाललाई विद्यार्थिको जिम्मेवारी तोकेको थियो ।सुर्खेतमा हालका राष्टिय सभा सदस्य माया प्रसाद शर्मा(पारशमणि) जिल्लाको डिसिएस हुनुहुन्थ्यो सबैले सुर्खेतबाट हिड्न आग्रह गरेको अवस्थामा म कालीकोटमा कोही हिडेका छैनन त्यहि गएर हिड्छु भनेर समाहित भएको थिए ।
आफुलार्ई तत्कालिन समयमा कालीकोट जिल्लामा विद्यार्थि नेतृत्वमा खडेरी परेको थियो । नेकपा(माओवादी)को भातृ संगठन अखिल(क्रा)का तत्कालिन जिल्ला सँयोजक भक्ति संज्याल, जिल्ला सचिव धिर बहादुर बम, जिल्ला सदस्य शुक्ला बराल लगाएत आधा दर्जन विद्यार्थि नेताको शहादत भएपछि आफु जनयुद्धमा सहभागि हुंदा कालीकोट जिल्लाका नेताहरु खड्गबहादुर विक(प्रकाण्ड) भरत बम(रणविर)हरु संग भेट भयो । आफुलाई सरसल्लाह दिदा थप हौसला भयो ।
क्याम्पस पढेर आएको भनेपछि सबै नेताहरुले विश्वास मानेर मलाई छोटो समयमा ४ महिना पछि २०५६ पौषमामा कालीकोट जिल्लाको संयोजकको जिम्मोरी तोकिएको थियो । त्यसको २ वर्ष पछि अखिल(क्रा)को केन्द्रिय सदस्य हुनु भएको थियो भने २०५९ सालमा केन्द्रिय सचिवालय हुंदै सेति महाकालीको संयोजक समेत बन्नु भएको हो । सो समयमा देशमा रणनैतिक प्रत्याक्रमणको क्रम चलेको थियो ।
जनयुद्ध जितको नजिक गइरहेको समयमा जनमुक्ति सेनाले एक पछि अर्काे सफलता हांसिल गर्ने क्रम चलको अवस्थामा हरेक भातृ संगठन,मोर्चाहरुले ५ देखि १५ जनमुक्ति सेनामा पठाउने निणर्य अनुसार विद्यार्थिको केन्द्रको सचिवालय बैठकमा लिएको प्रस्तावमा सेनामा को जाने भनेपछि सबै मौन भएको देखे पछि आफुले एका एक हात उठाएर म जान्छु भने पछि सबै साथिहरुले मुखामुख मात्र गरेपछि २०६१ सालमा जनमुक्ति सेनाको जिम्मेवारी समेत समालेर बटालिएन कमिशार समेत हुनु भएको सेजुवालले जनमुक्ति सेनाको विर्गेड सहकमाण्डर भएर विभिन्न मोचाहरुमा प्रत्यक्ष सहभागि हुंदै शान्तिकालमा क्यान्टिमेन्टमा बसेर समायोजनका बारेमा बहस चलेको बेला विद्रोह गरेर पाएको सुविधा छोडेर स्वच्छिक रुपमा बाहिरीनु भएको थियो ।
क्यान्टिमेन्टबाट बाहिरिएपछि तत्कालिन समयमा एकिकृत माओवादीको भातृ संगठन वाइसिएल नेपालको केन्द्रिय सचिव तथा भेरी कर्नालिको संयोजक हुंदै पार्टीको पचालझरना र पलांताको इन्चार्जसिप भएर काम गर्दै जांदा २०७४ सालको पहिलो पटक भएको स्थानिय तहको निर्वाचनमा १ हजार ६ सय २५ मत ल्याएर निर्वाचित हुनु भएको थियो ।
अहिले नेकपा(माओवादी केन्द्र)को जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँ कमिटिको सहइन्चार्ज हुनुहुन्छ । हाल पचालझरना गाउँ पालिकामा विकास प्रेमि रुपमा चिनिदै आउनु भएका अध्यक्ष सेजुवाल जनस्तरमा लोकप्रिय हुंदै आउनु भएको छ ।
हरेक भातृ संगठन,मोर्चाहरुले ५ देखि १५ जनमुक्ति सेनामा पठाउने निणर्य अनुसार विद्यार्थिको केन्द्रको सचिवालय बैठकमा लिएको प्रस्तावमा सेनामा को जाने भनेपछि सबै मौन भएको देखे पछि आफुले एका एक हात उठाएर म जान्छु भने पछि सबै साथिहरुले मुखामुख मात्र गरेपछि २०६१ सालमा जनमुक्ति सेनाको जिम्मेवारी समेत समालेर बटालिएन कमिशार समेत हुनु भएको सेजुवालले जनमुक्ति सेनाको विर्गेड सहकमाण्डर भएर विभिन्न मोचाहरुमा प्रत्यक्ष सहभागि हुंदै शान्तिकालमा क्यान्टिमेन्टमा बसेर समायोजनका बारेमा बहस चलेको बेला विद्रोह गरेर पाएको सुविधा छोडेर स्वच्छिक रुपमा बाहिरीनु भएको थियो ।
जिवनमा गरिएका महत्वपूर्ण काम :
जिवन निर्वाहका लागि विभिन्न काम गर्नु भएका अध्यक्ष सेजुवालले बाल्यकालमा विभिन्न रचनात्मक काम समेत गर्नु भएको थियो । गाउँमा जमाना देखि दक्षिणपंथिले जरा गाढेको राजनैतिक परिवर्तन गरेर कम्युनिष्टको जग बसाल्नु भएको थियो । २०५१ सालमा गाउँमा नेकपा(एमाले)को विउ रोप्न प्रकाश रोकाया लगाएतको ठुलो देन रहेको छ । त्यति मात्र होइन राजनैतिकमा लागेका कारण विग्रेको भनेर पारिवारिक दवाव दिदा पनि आफु अडिग भएर राजनैतिक कामलाई निरन्तरता दिनु भएको थियो । देउडा खेलाडी समेत रहनु भएका सेजुवाल साहित्य भनेपछि हुरुक्कै हुनुहुन्छ ।
त्यसै गरी उच्च शिक्षाका लागि सुर्खेत शिक्षा क्याम्पसमा जांदा सधै अंग्रेजि माध्यमबाट पढाउने तर नेपालिबाट उल्था नगरेको देखेर पढाउदै गरेका शिक्षकलाई म पहाडबाट आएको विद्यार्थि हुं आज सम्म हजुरले पढाएको मैले बुझेकै छैन ।
म गाउँमा अग्रेजि पढाउने शिक्षक नभएको स्कुलबाट आएको हुं भने पछि सबै गजगज हांसे । तर ति शिक्षकले पछि मेरो समर्थनमा हो मेरो काम सबैलाई बुझाउने हो भनेर अंग्रेजि र नेपालि माध्यम पढाउने काम भयो । सबै विद्यार्थिहरु मध्ये अधिकांस मेरो समर्थनमा आए त्यो दिन देखि आफुलाई सबै विद्यार्थिले साथ दिएर राजनैतिक आन्दोलन लगाएतका काममा तिव्रता आएको थियो । त्यस पछि जनयुद्धमा विद्यार्थि आन्दोलनमा विभिन्न रचनात्मक काम गर्दै संकटमा रहेको विद्यार्थि संगठनलाई चुस्तदुस्त राख्दै नयाँ इतिहांस कायम गर्नु भएको थियो ।
जनयुद्धका समयमा जनमुक्ति सेनामा खडेरी परेको बेला अखिल(क्रा)केन्द्रिय सचिवालयको बैठकमा पहिलो पटक सेनामा जाने भनेर हात उठाउने काम गर्दै जनमुक्ति सेना भएर विभिन्न ठाउँका मोर्चामा सहभागि हुनु भयो ।
जनमुक्ति सेनाको समायोजन ताका चित्त नबुझेर पाएको सेवा सुविधालाई त्यागेर क्यान्टिनमेन्टबाट बाहिरीनु भएका सेजुवालले सुर्खेतमा ठेलामा सामान व्यापार गर्ने देखि कुखुरा पालन गर्ने सोचका साथ अघि बढ्नु भएको थियो । लामो समयमा सुर्खेतमा व्यवसाय गर्दै जांदा जिल्लामा पलांता क्षेत्रमा राजनैतिक क्षेत्रमा खेडरी परेपछि सबै काम छोडेर जिल्ला फर्किनु भएको थियो । त्यस पछि २०७४ सालमा स्थानिय तहमा अत्याधिक बहुमत ल्याएर पचालझरना बासिले जिम्मेवारी दिएपछि पचालझरनामा विकासको मुल फुटाउने काम गर्दै जाने क्रममा आफुलाई चढ्ने पजेरा भन्दा एम्बुलेन्स सुचारु गर्नु भयो भने आफु सामान्य बाइकको यात्रामा अघि बढ्नु भएको छ ।
पचालझरना गाउँ पालिकामा विगत ४ वर्षको अवधिमा गोठालो भत्ता, खरमुक्त गाउँ,एक वडा एक स्वस्थ्य इकाई,राष्ट्रिय स्तरको रंगशाला,पचालझरनाको मापन गर्दै उचाई कायम र नेपालको ६४ औं स्थानमा गन्तव्य स्थलमा सुचिकृत समेत गर्नु भएको छ ।
जनयुद्ध,जनमुक्ति सेना र अनुभव :
सर्व प्रथम भुमिगत भएर घरबाट हिंड्दा बांझकोटका शिक्षक पंख बहादुर शाहीको घरमा बास बस्ने काम भयो । चञ्चलले स्वभावका सेजुवालले थोरै खाने तर छिटो आवश्यक पर्ने र त्यसका साथै भुमिगत कालमा बोल्न नपाईने तर बोल्नै पर्ने बानिका कारण सकिदैन कि क्या हो युद्धमा भन्ने कुरा मनमा पर्ने नै भयो ।
२०६१ सालमा जनमुक्ति सेनामा सहभागि हुंदै गर्दा सबैले विद्यार्थि राजनैतिक गरेको के युद्ध मोर्चामा अघि बढ्ला भनठानेर आफुलाई हेरेका थिए । आफुले बटालिएन कमिशारबाट शुरु गरेको सैन्य जिवन निकै पेचिलो हुने कुरा भैहाल्यो ।
सैन्य जिवनमा पहिलो मोर्चा भनेको कैलालिको आमखैया,गणेशपुर स्यांजा, तौलहवा,पिलि, रम्बापुर,पाल्पा तानसेन,खिमेडी लगाएतका डेढ दर्जन बढि मोर्चामा प्रत्यक्ष सहभागि हुदै विर्गेड सहकमाण्डरको जिम्मेवारी लिदै गर्दा क्यान्टिमेन्टमा बस्दा आफुले बाहिर फिल्डमा जाने सोच हुंदा हुंदै पार्टीको निर्देशनमा आफु क्यान्टिमेन्टमा बसियो । क्यान्टिमेन्टमा बस्दा फरक प्रशिक्षण थियो । आफुहरुलाई नेताहरुले भित्र ७ डिभिजन र बाहिर २१ डिभिजन बनाउने भन्ने थियो । तर ठिक विपरित भयो । समायोजन प्रक्रिया पनि फरक खालको भयो ।
आफुहरुको माग भनेको सबै स्वतः समायोजन हुनु पर्नेमा जोड भएको थियो तर भएन समायोजन आत्मसर्मपण जस्तो भयो हामीलाई सैह्य भएन । छैटौ डिभिजनको जित विर्गेडमा सचिव भएर काम गरियो । पार्टी र राज्यले हाम्रा मागहरु केही टेरपुच्छर लगाइएन ।
अयोग्य भएर रित्तो हात फर्किएका साथिहरुलाई क्यान्टिमेन्टमा भएको भौतिक सम्पति लिलाम विक्रि गरेर भएपनि सम्बोधन गरौं भन्दा अराजक साथिहरुले रातारात व्यक्तिगत प्रयोजनमा लगाए तर त्यसका बारेमा सहमति भएनन । त्यहि अन्तरविरोधले सेनामा जाने मन नभएकाहरु समायोजन भए भने कोही जाने मन हुंदा हुंदै बाहिरिनु पर्ने अवस्था आयो । आफु लगाएत निश्चित साथिहरुले भएको सम्पतिलाइ लात हानेर हिडियो ।
तर बाहिर व्यवस्थापन केही नभएपछि एक दुई दिन निद्रा पनि आएन । युद्ध कालिन जिवन र क्याम्पको जिवनबाट आउदा फरक थियो । सबै सेवा सुविधा छोडेर आएपछि व्यक्तिगत जिवन निर्वाह कसरी गर्ने भन्ने भयो ? राजनैतिक संगै पारिवारिक जिवनका बारेमा तनाव बढ्यो । आफु संग भएको सम्पतिको लगानि गरेर २०६८ सालमा खाद्यन्न खुद्रा सामानको थालनि गरेर अघि बढ्ने काम गरे ।
गाउँ पालिका अध्यक्ष र अनुभुति :
देशमा संघियता आयो । संघिय संरचनाको विकास संगै २०७४ सालमा स्थानिय तहको निर्वाचनको घोषणा गरियो । मलाई खासै चुनावै लडेर पालिका अध्यक्ष बन्ने सोच पटक्कै थिएन ।थियो त के तत्कालिन समयमा पलांता भनेर चिनिदै आएका नानिकोट देखि राम्नाकोट, थिर्पु,खिन धौलागोहको वस्तिमा पार्टीेको नेतृत्व लिएर अघि बढ्ने थियो ।
त्यहाँका साथिहरु संग बस्ने काम भयो पार्टीले छलफल बहस अनि कसरी चुनाव जितिन्छ भनेर सुझाव माग्यो सबै हिसावले दावि धेरै साथिले गरेता पनि मेरो त्याग तपस्या र जनस्तरमा स्थापित नेताका रुपमा बुझ्यो र गाउँ पालिका अध्यक्षको टिकट दियो ।
प्रतद्धिन्द्धि नेपालि कांगे्रेसका भानुभक्त संज्यालबाट ४ सय मतको अन्तरमा निर्वाचित भएपछि पहिलो नमुना काम के गर्ने भन्ने सोचका साथ गाउँ पालिकाको पहिलो गाउँ सभमा विभिन्न योजना अघि सार्ने काम भए ।
केही नयाँ काम गर्न शुरु गरिएपछि देशका लागि नमुना योग्य काम शुरु गरेर पचालझरनाको विकासमा तिव्रतामा अघि बढेको छ । अहिले पचालझरनामा विकास गरेको देख्दा अचम्मित मात्र नभई समाजका लागि नमुना सडक,स्वस्थ्य क्षेत्र,विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक संरचना लगाएतको फरक किसिमको विकासमा अग्रता बनाउन लागि परेको पाइन्छ । सबै भन्दा महत्वपूर्ण भनेको नेपालको अग्लो पचालझरनाको जिपिएस माध्यमबाट नाप गरेर ३ सय ८१ मिटर उचाईको पुष्टि गर्नुका साथै पर्यटन क्षेत्रको ६४ औं गन्तव्य स्थलका रुपमा स्थापित गर्ने काम गरियो ।
भविष्यको सोच :
अहिले सम्म समाजसेवामा निरन्तर लाग्ने काम गरेको र आगामी दिनमा पार्टीको सिद्धान्तमा अडिग भएर समाजसेवाका यात्रामा अघि बढ्न प्रतिवद्ध सेजुवालले पचालझरना गाउँ पालिकामा जो सुकै व्यक्ति भएपनि पार्टी जिताउने । पार्टी कार्यक्रता तथा जनताले साथ दिएमा पुन अध्यक्षको लागि आकाक्षिका रुपमा सेजुवालको मनसाय रहेको पाइन्छ । पार्टीको जिम्मेवारीलाई पूर्ण पालना गर्दे जनताको लागि सुम्पेको जिवन जनताका लागि केही न केही योगदान दिने कटिबद्धता रहेको छ ।
अन्तमा :
पचालझरना बासिले अमूल्य मत दिएर अघि बढाएकोमा ह्दय देखि नमन गरेको पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले जनताका विचमा भनेका बाचाहरु क्रमश पुरा भएको र बांकी कार्यकालमा अधुरा काम पुरा गर्ने प्रतिवद्धताका साथ अहोरात्र जनताका लागि खटिएको र अझै खटिने विचार व्यक्त गरेका छन । पचालझरना गाउँ पालिकामा नमुना पणेक्षा बनाउने र अरुको भन्दा फरक पन दिने सोचमा लागि परेको र पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालको सोच रहेको छ ।
Discussion about this post