डब्ल्यूएचओद्वारा नेपाललाई कालो ढुसीको औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग

7
SHARES
15
VIEWS

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो । डब्ल्यूएचओले पठाएको सो परिमाणको औषधि नेपाल आइपुगेको बताइएको छ ।

नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।

डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोगविरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित