रास्कोटमा कोभिड अनुगमन गर्दै डिसियामसि टोलि

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कोभिड लगाएतका बारेमा अनुगमनका लागि कालीकोट कोभिड संकट व्यवस्थापन समितिले रास्कोटमा अनुगमन गरेको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य लगाएतको टोलिले आज रास्कोट अस्पताल तथा आरसिपि बजारमा अनुगमन गरेको छ ।

पछिल्लो समयमा रास्कोटमा विभिन्न दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको गुनासो आएपछि अनुगमन थालिएको बताइएको छ ।

अनुगमन टोलिमा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, शसस्त्र प्रहरी गुल्मका प्रमुख लगाएतको टोलि संगै जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महतको समेत सहभागिता रहेको बताइएको छ ।

उक्त टोलिले रास्कोट नगर अस्पतालको अनुगमन गर्दै कोभिडका कारण विरामीहरु संगै फार्मेसिको समेत अनुगमन गरिएको रास्कोट नगर अस्पतालका प्रबन्धक निर्देशक कौशल न्यौपानेले बताउनु भएको छ । वहाँका अनुसार रास्कोट अस्पतालमा जिल्लाको टोलिले अनुगमन गरेर महत्वपूर्ण सुझाब दिएको बताउनु भएको छ । रास्कोटमा टोलिले उपप्रमुख मिमसरा बम शाही,लगाएतका जनप्रतिनिधि,आरसिपि बजार व्यवस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया समेत गरेको छ ।

#@ फोटा कटक महतको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित