नरहरिनाथमा पूर्वाधार, शिक्षा र स्वस्थ्यमा प्राथमिकता –उपाध्यक्ष बुढा

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाले आगामि वर्ष पूर्वाधार,शिक्षा र स्वस्थ्यमा केन्द्रित रहेर बजेट तर्जुमा गर्ने भएको छ । नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाले कर्नालि संचार संग कुरा गर्दै यस वर्ष अधुरा रहेका योजनाहरु मध्ये सडकलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको हो । लालिघाट देखि सुनथरालि विमान स्थल हुंदै गाउँ पालिका केन्द्र कुमालगाउँ सम्म सडक संगै यातायातका साधन संचालनमा आएको गोठी हुंदै रुप्सा सम्मको सडक विस्तारको योजनालाई निरन्तरता दिने बताउनु भएको हो ।

नरहरिनाथ गाउँ पालिकाको खुलालु देखि लालु माल्कोट हुंदै रुप्सा र माल्कोट हुंदै उच्छव सम्मको पर्यटकिय सडक विस्तारमा विशेष जोड दिएर अघि बढ्ने सोच रहेको बताउदै अन्य वडा स्तरमा आएका योजनाहरुलाई पनि समावेश हुने बताउनु भएको छ ।

अहिले नरहरिनाथ गाउँ पालिकाका वडा न. ४ देखि ९ सम्म सडक विस्तारको काम भएपनि यातायातका साधन संचालनमा आउन अझै समय लाग्ने बताइएको छ । त्यसै गरी अर्काे प्रसंगमा उपाध्यक्ष बुढाले २५ हजार जनसंख्या रहेको नरहरिनाथ गाउँ पालिकाका लागि १५ सैयाको अस्पताल बनाउने भनेको प्राथमिक स्वस्थ्य केन्द्र कुमालगाउँमा उचित भुगोल र व्यवस्थित हुन नसक्ने वैकल्पिक व्यवस्थापन गर्ने होकी भन्ने सोचेका छौं ।

यस अघि गाउँ पालिकाले प्राथमिक स्वस्थ्य केन्द्रमा स्तरउन्नति सहितको डिपिआर तयार गरेर बोलपत्र आव्हान समेत भइसकेको थियो । नरहरिनाथ गाउँ पालिकामा हरेक वडाहरुमा खानेपानि एक घर एक धारा,शिक्षाका भौतिक संरचना,सौर्य उर्जा (एक घर एक सोलार) र स्वस्थ्य क्षेत्रमा औषधि, भौतिक संरचनाहरुको उचित व्यवस्थापन गरिएको छ ।
संघ र प्रदेश सरकारले पठाएको अनुदानको रकममा वर्षको अन्तिममा आउने भएकाले रकम फ्रिज जाने गरेको भएपनि यस वर्ष गएको वर्षको तुलनामा कम जान सक्ने बताउनु भएको छ । नरहरिनाथ गाउँ पालिकामा गएको वर्ष ४ करोड रकम फ्रिज गएको बताइएको छ ।
नरहरिनाथ गाउँ पालिकाका निमित्त कायैकारी प्रमुख दुर्गालाल न्यौपानेले यस आर्थिक वर्षमा ५ लाख भन्दा तलका योजना नल्याउन आफुले अनुरोध गरेको बताउदै देखिने गरेर योजना अघि सार्न विशेष जोड दिने बताउनु भएको छ ।

वहाँले भन्नु भयो वितरण मुखि बजेट हुने होकी भन्ने छ । जनप्रतिनिधिहरु अन्तिम वर्षमा आएर विभिन्न खालका स साना योजनामा तय गर्ने र वजेट केन्द्रित हुनु हुन्न भन्ने पक्षमा आफु रहेको बताउदै साढे ४ वर्षमा ७ कार्यकारी प्रमुख फेरबदल भएको नरहरिनाथ गाउँ पालिकामा आफु मात्र सबै भन्दा बढि १० महिना सम्म बस्न सकेकोमा खुशि व्यक्त गर्नु भएको छ ।

आगामि वर्षका लागि संघिय सरकारबाट नरहरिनाथ गाउँ पालिकामा ३६ करोड ८४ लाख रकम आएको बताइएको छ ।

आफुलाई नरहरिनाथ गाउँ पालिकाका जनप्रतिनिधिहरुको साथ पाएर काम अगाडी बढाएको बताउनु भएको छ । कार्यकारी प्रमुख न्यौपानेले गाउँ पालिकामा आगामि वर्ष सडक पहिलो प्राथमिकतामा रहने दावि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित