काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ ।
२०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।
माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
Discussion about this post