माधव नेपालले प्रचण्डलाई केपि ओलि संग मिलौं की नमिलौं भने पछि ….

7
SHARES
15
VIEWS

काठमाडौं। नेकपा एमालेको समानान्तर कमिट बनाइरहेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सँग सोधेर मात्र अघि बढ्ने गरेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त विषयबारे छलफल गरेका छन् । आफ्नै समूहमा समेत तीव्र दबाबमा पर्दै आएका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै मिल्ने कि नमिल्ने भनेर धारणा बनाउने तयारी गरेका हन् । बृहत कम्युनिष्ट पार्टी बनाउनका लागि छलफल भएको बताइएको छ ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताउँदै आएका छन् । आफ्नो पार्टी अध्यक्षले गरेको आह्वानमा पनि सन्तुष्ट नदेखिएका नेता नेपाल एमालेमा मिल्ने कुनै चासो देखाइरहेका छैनन् ।

पार्टीभित्रको विवाद मिलाउने कि नमिलाउने भन्ने विषयमा प्रतिस्पर्धी पार्टीका नेतासँग छलफल गरेर धारणा तयार गर्ने नेता नेपालको रणनीति निर्लज्ज रहेको टिप्पणी हुन थालेको छ । प्रचण्डले मिल भने मिल्ने र नमिल भने नमिल्ने अवस्थामा नेता नेपाल पुगिसकेको यो घटनाले देखाएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने शर्त अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित