रेडक्रस कालीकोट द्धारा पचलाझरनामा स्वस्थ्य सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । रेडक्रस सोसाइटी कालीकोटले पचालझरना र पलांतामा स्वस्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।

आज पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाललाई सो सामाग्रि हस्तान्तरण गरिएको हो । स्वस्थ्य सामाग्रिहरुमा साबुन ६४ वटा,सेनिटाइजर ४५ वटा,पिपिसेट ५ वटा,ग्लोव्स १२ पाकेट, माक्स २ हजार सात सय ७० वटा,थर्मन गन १ वटा,पल्स अक्सिमिटर ३ वटा,फेसिएल ३२ वटा,सोडिस हाइडोक्लोराइड ५ लिटर प्रदान गरेको रेडक्रस सोसाइटीका स्वस्थ्यकर्मि बृखसिंह विकले बताए ।

उनका अनुसार जिल्लाका शुभकालिका,पलांता,महावै गाउँ पालिका र रास्कोट, तिलागुफा नगरपालिकामा समेत स्वस्थ्य सामाग्रि हस्तान्तरण गरिएको बताए । नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखा द्धारा संचालित स्वस्थ्य र खानेपानि तथा सरसफाई स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजना मार्फ उक्त सामाग्रि हस्तान्तरण गरिएको बताइएको छ ।

नेपाल रेडक्रस कालीकोटका सभापति बल प्रसाद संँज्यालको उपस्थितिमा भएको सामाग्री हस्तान्तरणमा   पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कोभिड महामारीका समयमा स्वस्थ्य सामाग्रि सहयोग गरेकोमा रेडक्रस टोलिलाई धन्यवाद दिनु भएको छ ।
यस अघि रास्कोट नगरपालिकामा स्वस्थ्य सामाग्रि सहित अन्य लत्ता कपडाहरु समेत रास्कोट अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।

सभापति बल प्रसाद संँज्यालले कोरोना महामारीका कारण बिरामी परेकाहरुलाइ स्वास्थ सामाग्री प्रयोग गर्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित