कर्णालिमा खस भाषा विकास गर्न पाठ्यक्रम र विद्यालय

7
SHARES
15
VIEWS

जुम्ला,  जेठ । जुम्ली खस भाषाको संरक्षण र त्यसको दिगो विकास गर्न पाठ्यक्रमका साथै विद्यालय स्थापना प्राथमिकरुपमा आवश्यक रहेको बताइएको छ ।

मातृभाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बाले हरेक जन्मभूमिका मातृभाषाको जगेर्ना गर्ने तथा हरेक स्थानका मातृभाषालाई विकास गर्ने उद्देश्यले देशैभरि कार्यक्रम सञ्चान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, सबैखाले भाषाको संरक्षण एवम् विकास हुन आवश्यक छ, भाषाको जगेर्ना गर्न विभिन्न सभामार्फत आएका सुझाव सल्लाहलाई प्रतिवेदन, अभिलेखीकरण गरी सम्बन्धित निकायमा बुझाउने लक्ष्य छ ।

खस भाषाका गुरु रमानन्द आचार्यले खस भाषा विकास तथा जगेर्नाका थुपै्र प्रयास भए पनि कर्णालीमा त्यसले निरन्तरता नपाउँदा स्थापित हुन नसकेको बताउनुभयो । यो भाषासँग सम्बन्धित कृति, नाटक, कथा, लेख रचना छन्, तिनको अभिलेखीकरण छ । तथापि यसलाई संरक्षण विकास गर्नुपर्दछ भन्नेमा राज्यको ध्यान पुगेको छैन, उहाँले भन्नुभयो । यसको संस्थागत गर्न पाठ्यक्रममा नै समावेश गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

पाठ्यक्रम र विद्यालय बिनाको भाषा जगेर्ना खोज्नु अँध्यारोमा झटारो हान्नु जस्तै भएको र कर्णालीमा बोलिने खस भाषा राप्ती, भेरी, सेती र महाकाली अञ्चलका बहुसङ्ख्यक नागरिकले बोल्ने भएकाले राज्यले यसको अस्तित्व बचाउनु पर्ने कर्णालि बासिको ठहर छ । ।

खस भाषाका जानकार शिक्षक पूूर्णप्रसाद धितालले मध्य र सुदूरपश्चिमका बहुसङ्ख्यक मानिसले बोल्ने खस भाषालाई राज्यले प्राथमिकता नदिँदा ओझेलमा परेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, हामी आफैँले आफ्नो मातृभाषालाई भन्दा पनि आयातीत भाषालाई बढी मान्यता दिने गरेकाले पनि मातृभाषा प्रभावित भएको हो । खस भाषाको जगेर्नाका लागि देउडा गीत, झोडामागल, लेख, रचना, नाटक, कथा, कविता, चलचित्र, शब्दकोष, पत्रपत्रिका, विभिन्न कृति अभिलेखीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित