नेमकिपा द्धारा जिल्ला अस्पताललाई २३ लाख बराबरको स्वस्थ्य सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले जिल्ला अस्पताल कालीकोटलाई चिनिया कम्युनिष्ट पार्टीले सहयोग गरेको कोभिड १९ महामारी रोकथामका लागि स्वस्थ्य सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पताल कालीकोटलाई एक कार्यक्रमका विच स्वस्थ्य सामाग्रि हस्तान्तरण गरेको हो । नेमकिपाका केन्द्रिय सचिव तथा संघिय सांसद प्रेम सुवालले जिल्ला स्वस्थ्य कार्यालयका निमित्त व्यवस्थापक कटक महतलाई हस्तान्तरण गर्नु भएको बताइएको छ ।

स्वस्थ्य सामाग्रिहरुमा अक्सिजन। सेनिटाइजर, माक्स र औषधि रहेको बताइएको छ । उक्त कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रिय सचिव सुवालले चिनिया कम्युनिष्ट पार्टीको समाजवादी अवधारणा अनुसार नेपालमा कम्युनिष्ट पार्टी भनेको जनाताको पक्षमा काम गर्ने नेमकिपा मात्र भएकाले जनतालाई स्वस्थ्य सेवामा अभाव नहोस भनेर स्वस्थ्य सामाग्रि कालीकोटलाई हस्तान्तरण गरिएको बताउनु भएको छ ।

त्यसै गरी स्वस्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा नेमकिपाका केन्द्रिय सदस्य नन्द बहादुर शाहीले आफ्नो पार्टी सरकारमा नभएपनि जनताको साथमा रहेको बताउनु भएको छ । उक्त कार्यक्रममा नेमकिपाका जिल्ला सचिव खडगजंग शाही लगाएतका नेताहरुको उपस्थिति रहेको नेमकिपाका धनन्जय अधिकारीले बताएका छन ।

कोरोना महामारीका समयमा जनताको स्वस्थ्य अवस्थालाई असहज नहुन दिन नेमिकपाले गरेको सहयोगले जिल्ला अस्पताल आभारी भएको बताउदै निमित्त स्वस्थ्य व्यवस्थापक कटक महतले धन्यवाद दिनु भएको छ ।
यस अघि नेपालि कांग्रेस कालीकोटले सोलार सहयोग गरेको थियो भने नायक पल शाहको टिमले अक्सिजन लगाएतका सामाग्रि सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित