क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु हुने

7
SHARES
15
VIEWS

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरुहुने भएको छ ।

सोमबार खेलाडीहरुको पीसीआर परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएकाले आजदेखि प्रशिक्षण शुरुहुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपालले स्पेनमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गन नेपाल, स्कटल्याण्ड र नामिबियाविचको त्रिकोणात्मक सिरिजका लागि तयारी थालेको हो ।

यो सिरिज जुलाईको २० बाट ३० तारिखसम्म हुने पक्का पनि भइसकेको छ ।

स्पेनको अल्मेरियास्थित डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने सिरिज पहिलो अन्तराष्ट्रिय सिरिज हुनेछ । नेपालले करिव १८ महिनापछि लिग टु को सिरिज खेल्न लागेको हो ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा ओमान र अमेरीकासँग सिरिज खेलेको थियो । त्यसपछि ओमानमा हुने भनिएको सिरिज कोभिडका कारण स्थगित भएको थियो ।

 

यो सिरिजका लागि नेपाली टिमले २० खेलाडी प्रशिक्षणमा बोलाएकोमा पृथु बास्कोटाले भने नाम फिर्ता लिएका छन् । जसका कारण १९ खेलाडी क्याम्पमा रहेका छन् ।

उनको स्थानमा अर्को खेलाडीको टुंगो लगाउन बाँकी रहेको छ ।

लिग टु को शिर्ष तीनमा रहने टिमले २०२३ को एकदिवसीय विश्वकपको छनौट खेल्न पाउनेछ ।

क्याम्पमा बोलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, विक्रम सोब, पवन सरार्फ, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित