काठमाडौँ । सरकारले उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न बाटो खुला गरिदिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले अन्य देशमा उत्पादन भइरहेका खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सरकारको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताएका छन् ।
Discussion about this post