पहिरो पिडित मृतक वले विकका परिवारलाई युवा संघको राहत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले खांडाचक्र नगरपालिका ६का पहिरोमा परि मृत्यु भएका वले विकका घरपरिवारलाई खाद्यन्न सहित नगद सहयोग गरेको छ ।

युवा संघका केन्द्रिय सदस्य जनक शाही को संयोजकत्वमा गठन गरेको बिपद व्यवस्थापन समितिले खाद्यन्न सहित नगद राहत प्रदान गरेको बताइएको छ । गत शुक्रबार खाडाचक्र नगरपालिका वडा न ६ निवासी बले बिकको मोल्फामा आएको पहिरोले पुरिएर निधन भयको थियो।

मृतक परिवारका आफन्तलाई २बोरा चामल,२पाकेट नुन,२पाकेट तेल र ३पाकेट माक्स सहित नगद रदुई हजार प्रदान गरेको बताइएको छ ।

नेकपा एमाले कालीकोट अध्यक्ष नगेन्द्र शाही नेश्नलले जहाँ विपद त्यहाँ युवा संघ पुग्छ भन्दै सहयोगको पहल गर्ने युवा संघ र अनेरास्ववियूलाई धन्यवाद दिनु भएको छ । युवा संघले घरमा पुगेर गरेको सहयोगले पिडित परिवारलाई राहत भएको छ । नेकपा एमाले कालीकोटले केही समय अघि विपद समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित