कर्नालिमा सहकारी क्षेत्रको सम्भाब्यता अध्ययन गरेर अघि बढ्छौ – मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । मुख्यमन्त्रीको कार्यालय, कर्णाली प्रदेशको आयोजना र सहकारी रजिस्ट्रारको कार्यालयको सहजीकरणमा आयोजित “कर्नालिको विकासमा सहकारीको योगदान” विषयक भर्चुअल बैठक सम्पन्न भएको छ ।

कर्नाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षता र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीज्यू, पूर्व मन्त्री, सचिव, रजिस्ट्रार लगायत प्रदेशका सहकारी अभियन्ताहरु उपस्थित  बैठकमा कर्णालीको विकासमा थप योगदान दिन प्रदेशस्तरमै यहाँको जडिबुटी, जलविद्युत, पर्यटन, कृषि, इत्यादि क्षेत्रमध्ये कुनै एक क्षेत्रमा सम्भाव्यता अध्ययन गरी एउटा नमुनाको रूपमा विशिष्टिकृत संस्था स्थापना गरी त्यसका माध्यमबाट सहकारी संस्थाहरु अगाडी बढ्ने बताइएको छ । त्यसै गरी कर्नालि प्रदेश सरकारको साझेदारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभबका आधारमा बृहत परियोजना संचालन गरेर यस प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न बताउनु भएको छ ।

मन्त्रालयका तर्फबाट सचिव राजेन्द्र मिश्राबाट उक्त धारणालाई सकारात्मकरूपमा ग्रहण गर्दै आगामी ६ महिना भित्र सम्भाव्यता अध्ययनको प्रक्रिया थालनी गर्ने आश्वासन व्यक्त गर्नु भएको छ।भर्चुअल बैठकमा कर्नालीका ४१ वटा सहकारी संघ सस्थाहरुका प्रतिनिधिले सुझाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित