कालीकोट । कर्नाली का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कालो झण्डा देखाउने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम मान्मको रेडियो प्रदेश आवाजमा रहेको बेला कालो झण्डा देखाउने नेकपा एमाले केपि ओलि निकट युबा संघ र अनेरास्ववियु का तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार पक्राउ पर्नेमा ज्ञानेन्द्र शाही,धर्म शाही र मिनराज न्यौपाने रहेको बताउनु भएको छ ।
पक्राउ परेका तीन जनालाई कानुनी प्रक्रिया अनुसारको कार्बाही हुने निरिक्षक शाहीले बताउनु भएको छ ।
Discussion about this post