कालीकोट । कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा खाडाचक्र नगरपालिकाको ८ औं नगर सभा उद्घाटन गर्नु भएको छ ।उद्घाटन कार्यक्रममा कर्नालिका भुमी ब्यबस्था ,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको समेत उपस्थिति रहेको छ । नगरपालिका प्रमुख जशी पाण्डेको अध्यक्षतामा भएको नगर सभा उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री शाहीले जनमुखी र लोकप्रिय कार्यक्रम ल्याएर जनतालाई स्वरोजगार बनाउन अनुरोध गर्नु भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Discussion about this post