पूर्वमाओवादीहरूमाथि बोल्ड निर्णय, यी जनप्रतिनिधि घरमा रुवाबासी

7
SHARES
15
VIEWS

काठमाडौं । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सूचना जारी गरेर नगरपालिका र गाउँपालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो ।

२०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरूलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको आयोगले जनाएको छ ।

रौतहटको मैलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह र कटहरीया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह पदमुक्त भएका छन् ।

महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुकलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

रौतहटको देवाही गुनाही नगरपालिकाका उपमेयर परनिया देवी, मैलापुर नगरपालिकाका उपमेयर गौरिशंकरप्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी, माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह र कैलालीको भजनी नगरपालिकाका उपमेयर छायाँदेवी देवकोटा पदमुक्त भएका छन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा, कैलालीको गौरीगंगा नगरपालिका ४ का वडाध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन सिंह विसी पनि पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित