रुकुम घटनाका विषयमा पलांतामा ज्ञापन पत्र

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ ।रुकुम घटनामा मृत्यु भएका नवराज विक सहित ५ जनाको जातिय विभेदका कारण ज्यान गएको विषयमा आज पलांतामा दलित सरोकारवालाले पलांता सरकारलाइ ज्ञापन पत्र बुझाएका छन ।

पलांता गाउँ पालिका स्तरिय दलित संजालको अगुवाईमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा घटनामा संलग्नलाई प्रचलित कानुनि कार्वाही,पिडित पक्षलाई उचित न्याय र राहत,घटनाको निष्पक्ष छानविन, सम्पूर्ण दलितको सहअस्तित्व सहित बांचने पाउने अधिकारको ग्यारेन्टिको माग गरिएको छ । पलांता दलित संजाल संयोजक करबिर किको अगुवाई भएको ज्ञापन पत्र पलांता गाउँ पालिका कार्यालयमा बुझाईको छ भने बोधार्थमा प्रधानमन्त्रिको कार्यालय,गृह मन्त्रालय, मानवअधिकार आयोगलाई दिइएको छ । संयोजक करविर विकले उक्त घटनाको सत्य तथ्य लुकाउन खोजिए कडा आन्दोलन गर्ने चेतावनि दिएका छन ।

यस अघि जिल्लामा पनि दलित अधिकारकर्मिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत दोषिलाई कार्वाहीको माग गर्दै ज्ञापन पत्र पेश गरेका थिए भने अन्य स्थानिय तहहरुमा समेत ज्ञापन पत्र बुझाइएको थियो । उक्त घटनामा दोषि मानिएका वडा अध्यक्ष सहितको टोलिलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित