महावैको गाउँ सभा नभएको भन्दै माओवादी केन्द्रको आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । अषाढ १० गते भित्र सबै स्थानिय तहले निति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने भएपनि कालीकोट जिल्लाको महावै गाउँ पालिकाको गाउँ सभा नभएपछि नेकपा(माओवादी केन्द्र) महावैले आपत्ति जनाएको छ ।

निति विधि भन्दा पनि मनपरी तरिकाले अघि बढ्न खोजेको भन्दै विरोध जनाएको हो । नेकपा माओवादी केन्द्र महावै गाउँ कमिटीका अध्यक्ष हर्क शाही र सचिव भिम बहादुर सिंह द्धारा हस्ताक्षरित विज्ञप्तिमा कार्यपालिकाको बैठक नबसि होचुवाको भरमा योजनाहरु वितरण गरिनु, विना कारण गाउँ सभा सारेको,हरेक योजनामा कमिशनको बांडफांड गरिएको समेत आरोप लगाएको छ ।

उक्त कार्यप्रति आफ्नो पार्टी संबेदनशिल रहेको भन्दै यथासक्या यस्ता हर्कत बन्द गर्न अनुरोध समेत गरेको छ । माहावै गाउँ पालिकाको गएको वर्ष आन्तरिक लेखापरिक्षण नभएको भन्द्र गाउँ सभा एक महिना पछि गरिएको थियो । यस वर्ष पनि आन्तरिक व्यवस्थापन र विकास निर्माणका कामको बारेमा छलफल गर्नु पर्ने भन्दै गाउँ सभा रोकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित