कालीकोट । जिल्ला अस्पताल कालीकोटलाई १२ लाख ८२ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वाम्पि हेल्भेटास नेपालको आर्थिक सहयोग र मानवअधिकार तथा वातावरण बिकाश केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजिकरणमा उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।
हुरेण्डेक नेपालका उपाध्यक्ष विरेन्द्र बुढाले जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक कटक महतलाई हस्तान्तरण गर्नु भएको हो । उक्त सामाग्रि कोभिड १९ प्रतिकार्यका लागि प्रयोग गरिने बताइएको छ ।
यति ठुलो स्वस्थ्य सामाग्रि सहयोग गरेकोमा हुरेण्डक नेपाललाई धन्यवाद दिदै जिल्ला स्वस्थ्य कार्यालय कालीकोका व्यवस्थापक महतले आगामि दिनमा यस्तै सहयोग हुने आशा व्यक्त गर्नु भएको छ ।
जिल्ला अस्पताल कालीकोटलाई यस अघि विभिन्न निकायबाट सहयोग गरिएको थियो ।
Discussion about this post