जब पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवाल आफै हलि लागे पछि …

7
SHARES
15
VIEWS

कालीकोट । रास्ट्रीय धान दिवसको अवसरमा पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवाल हलि लागेर धान दिवस सफल पारेका छन । १८ औं धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा अध्यक्ष सेजुवालले औपचारिक रुपमा मात्र नभई  खेतमा आफै लागेर रोपाइ गरेका हुन ।                                    पचालझरना गाउँ पालिकाको भुराबगरमा स्थानीय कृषकको  खेतमा आयोजना गरिएको रोपाइँ महोत्सवमा अध्यक्ष सेजुवालले  अब कृषकलाइ प्रबिधी मैत्री बनाउने प्रतिबद्धता गर्नु भएको छ । विद्यार्थी राजनैतिकबाट शुरु गरिएको राजनैतिक यात्राका क्रममा जनसेना हुँदै ब्याबसाय गर्दै गाउँ  पालिका अध्यक्ष बनेका सेजुवालले किसान मैत्री बन्ने र उत्पादनमा वृद्धि सहित ब्यबस्थापनमा जोड दिने बताउनु भएको हो ।             अन्य ठाउँमा हरिया भेस्ट लगाएर धान दिवस मनाएपनि पचालझरनाले  भने तामझाम गरेन । सामान्य ब्यबस्थापनमा रोपाइँ महोत्सव सम्पन्न गरेको कृषि शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित