७ वर्ष पछि हिमचुलि डेरी पुन संचालनमा

7
SHARES
15
VIEWS

कालीकोट । सहकारीले संचालन भएको डेरी ७ वर्ष पछि पुन संचालनमा आएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटले २०६८ सालमा संचालन गरेर विविध कारणले २०७१ सालमा बन्द भएको डेरी शुक्रवार देखि संचालनमा आएको छ । गएको वर्ष भौतिक संरचना शुरु भएको भएपनि चालु आर्थिक वर्षको अन्तिम समयमा सुचारु गर्ने भएपनि कोरोनाका कारण सुचारु गर्न नसकेपनि परिस्थिति सहज भएपछि संचालनमा आएको छ ।

डेरी व्यवस्थापक चन्द्रमणि आचार्यले तत्काल सिंयाला देखि ५० लिटर दुध ल्याएर डेरी सुचारु गरिएको बताउनु भएको छ । वहाँका अनुसार बरांतु, ताडी,थाम्कोट,बद्रिगाउँ र मान्मका कृषकहरुबाट दुध संकलन गर्ने बताउनु भएको हो । आर्थिक वर्ष २०७८।०७९मा आवश्यक परेमा शुभकालिका, नरहरिनाथको खुलालु लगाएतका क्षेत्रबाट दुध संकलन गरिने बताउनु भएको छ ।

कालीकोट जिल्लामा उत्पादित दुध जिल्ला बाहिर लैजाने तयारी भएको संस्थाले जनाएको छ । हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले विगतमा डेरी सम्बन्धि आएका समस्यालाई मध्यनजर गर्दै लामो समय पछि डेरी संचालनमा ल्याएको बताउनु भएको छ ।
हिमचुलि डेरीका लागि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोटको सामाग्रिमा १५ लाख अनुदान र संस्थाको १५ लाख गरी ३० लाखमा डेरी सुचारु गरिएको हिमचुलि कृषि सहकारी संस्था लि.का मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । यस अघि हिमचुलि कृषि सहकारी संस्था लि.ले ताडीमा उन्नत जातका गाइ पालन गरेर डेरी संचालनमा ल्याएको थियो ।

हिमचुलि डेरी उद्योग केही दिन भित्र औपचारिक उद्घाटन गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित