जिल्ला समन्वयको टोलिले खाडाचक्रका योजना अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । संघ र प्रदेशका योजना अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले जिल्लामा अनुगमनको क्रममा खाडाचक्र नगरपालिका का योजना अनुगमन गरेको छ । खाडाचक्र नगर पालिकामा संचालनमा आएका संघ र प्रदेश सरकारका योजना अन्तरगत चुलिमालिका माबी घोडेनाको पर्खाल, दाहाको मोल्फामा रहेको ढाका बुनाइ तालिम र जनप्रभात माबि खोलाबाडाको दुई कोठे भवनको अनुगमन गरेको हो । अनुगमन टोलिमा जिल्ला समन्वय समिती कालीकोटका प्रमुख अनिपाल शाही,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाह , पत्रकार लगाएतको टोलिले अनुगमन गरेको हो । अनुगमनका क्रममा चुलिमालिका माबिको पर्खालमा निर्बाचन क्षेत्र बिकास कार्यक्रम अन्तरगत १५ लाखमा १ सय १६ मिटर पर्खाल सम्पन्न भएको पाइएको छ भने दाहाको मोल्फामा ढाका बुनाइमा २० जना महिलाहरुले तालिम लिदै गरेको पाइएको छ । त्यसै जनप्रभात माबि दुई कोठे भवनमा भने ८० प्रतिशत काम भएकोमा तत्काल सम्पन्न गर्ने स्थानीय मन मल्लले बताए । उनले भने यश अघि बनेका भवन नमुना भएकाले ढिलो भएको बताए । जिल्लामा अनुगमन शुरु गरे पछि काममा संतोषजनक भएको जिल्ला समन्वय समित कालिकोटका प्रमुख अनिपाल शाहिले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित