संसद विघटनविरुद्धको मुद्दामा आज सभामुख पक्षका कानून व्यवसायीले बहस गर्दै

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीको बहस सकिएपछि यो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । सभामुख सापकोटा तर्फका कानून व्यवसायीका लागि दुई घण्टा समय तोकिएको छ ।

सभामुख सापकोटातर्फका कानून व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानून व्यवसायीले ३ घण्टा जवाफी बहस गर्ने छन् ।

यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्ने छन् । उनीहरुका लागि ३०–३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।

अहिलेसम्म प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित