वडाध्यक्षद्वारा प्रहरी चौकीमा तोडफोड

7
SHARES
15
VIEWS

रुकुम, जेठ। पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा आक्रमण भएको छ । नगरपालिकाको १३ नं वडाका वडाध्यक्ष दीपक केसीको नेतृत्वमा गएको टोलीले प्रहरी चौकी आक्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार वडाध्यक्ष केसीले मदिरा सेवन गरी सोही प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरेको र पछि केही युवा ल्याएर चौकी आक्रमण गरेको जनाएको छ । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको कार्यालयका प्रवक्ता एवं डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनु भएको छ ।।

वडाध्यक्ष केसी अहिले फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । केसीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर नगरप्रमुख देवीलाल गौतमले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित