पचालझरनामा नमुना बने मुख्यमन्त्रि रोजगारका काम(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारले हरेक टोलमा मुख्यमन्त्रि रोजगार कार्यक्रम लागु भएपछि समुदायहरु रोजगारी बन्न थालेका छन ।

विकास निर्माणका काममा उपभोक्ता समिति भएर उचित रकम नपाएका नागरिकहरुका लागि निकै राम्रो भएको पचालझरना १ सिकुका स्थानिय अलि खड्काले बताए । उनले भने गाउँमा आएका विकास निर्माणका काममा उपभोक्ता समितिका लागि हानथाप हुने र काम अनुसारको ज्याला नपाउने गरेको भएपनि मुख्यमन्त्रि रोजगारको कामले भने आफुहरुलाई राम्रो भएको बताए । काम गर्न पनि पाइने र उचित ज्याला पनि पाइने मात्र नभई उक्त रकम कामदारहरुको खातामा जम्मा हुने भएकाले ढुक्क हुने वातावरण भएको बताएका छन ।

तिनि जस्तै पचालझरना ३ खार्दुका स्थानिय रमेश विकले आफुहरुले मुख्यमन्त्रि रोजगारको कामले गर्दा कमाई संगै विकास निर्माण पनि नमुना बनाउन सफल भएको बताए । आफुहरुले मुख्यमन्त्रि रोजगार कार्यक्रम मार्फत वर्षेनि ५० हजार नगद आफ्नै खातामा पाउने भएकाले ढुक्क संग काम गर्ने गरेको बताए ।

पचालझरना गाउँ पालिकाका हरेक टोल टोलमा मुख्यमन्त्रि रोजगार कार्यक्रम मार्फत आएका योजनाहरु धमा धम निर्माण हुने थालेका छन । पचालझरना गाउँ पालिकामा प्रधानमन्त्रि  रोजगार कार्यक्रम र मुख्यमन्त्रि रोजगार कार्यक्रम मार्फत तय भएका योजनाहरुमा गुणात्मक देखिएको पचालझरना गाउँ पालिकाका सव इन्जिनियर(प्राविधिक सहायक) सुर्य खड्काले बताएका छन ।

गएको वर्षको भन्दा यस वर्ष योजनाहरु लक डाउनको विचमा पनि काम निरन्तर रुपमा भएकाले असर नपरेको बताए । प्राविधिक दृष्टिकोणले पचालझरना गाउँ पालिकामा सबै जसो योजनाहरु समयमै सम्पन्न भएको उनको दावि छ ।
पछिल्लो समयमा पचालझरना गाउँ पालिकाका वडा न. १ देखि वडा न.९ सम्मका जम्मा योजना रहेको र ति योजनाहरु सबै सम्पन्न भएको रोजगार संयोजक तिलक थापाले बताए । उनले भने यस वर्ष प्रदेश सरकारको तर्फबाट आएको रकममा विभिन्न योजनाहरु बनेको र त्यस मध्येबाट गौरवको आयोजनाका रुपमा पालिका केन्द्रमा रहेको रंगशाला निर्माण भएको बताए ।
पचालझरना गाउँ पालिकामा जनप्रतिनिधि देखि कर्मचारी सम्म व्यापक मात्रामा सहयोग भएका कारण यस वर्ष विकास निर्माणका काम समयमै सम्पन्न भएको र आएको वजेटको सहि सदुपयोग भएको बताए ।पचालझरना गाउँ पालिकामा भएको विकास निर्माणका कामले बाह्य क्षेत्रमा सकरात्मक सन्देश गएको अध्यक्ष सेजुवालको भनाई रहेको छ ।
कर्नालि प्रदेश सरकारले ल्याएको जनप्रिय कार्यक्रम मुख्यमन्त्रि रोजगार कार्यक्रमलाई आगामि वर्ष देखि स्वरोजगार कार्यक्रम मार्फत अघि बढ्ने कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले बताएका छन ।

कर्नालि प्रदेशका कुनै पनि नागरिक बेरोजगार नहुन भनेर नै यस कार्यक्रम मार्फत आय आर्जन गरेर आत्मनिर्भर बनाउन आफु लागि परेको बताउदै मुख्यमन्त्रि शाहीले सबैले पशुपालन देखि अन्य व्यवसायिक बनेर स्वरोजगार हुनु पर्ने बतएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित