कालीकोटको गल्लीमा बृहत नर्सरी स्थापना गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी सस्थाले आफ्नै जमिनमा नर्सरी स्थापना गर्न थालेको छ । खाडाचक्र नगरपालिकाको वडा नम्बर ४ को गल्लीमा रहेको आठ हजार बर्गमिटर जमिनम बृहत् नर्सरी स्थापना गर्न लागेको बताइएको छ । कालीकोट जिल्लाको सबै भन्दा ठुलो व्यावसायिक सस्था हिमचुली कृषि सहकारी सस्था लि ले नर्सरी स्थापना गर्न लागेको बताइएको छ ।
सस्थाले अहिले ८ सय ओखरका बिरुवा,एक हजार तिस वटा  टिमुर,दालचिनी लगाएतका बिरुवा लगाएर नर्सरी स्थापना गरेको सस्थाका सचिब सरोज बोगटील बताउनु भएको छ । वहाँका अनुसार चालू वर्षमा बिरुवा उत्पादन शुरु गरिने बताउदै कृषि वन तथा वातावरण कायम गर्न प्रमाकल्चर ढाचामा नर्सरी निर्माण गरिने बताउनु भयो ।
पछिल्लो समय विभिन्न क्षेत्रमा काम गर्दै आएको सहकारी सस्थाले कृषि बस्तु उत्पादनलाइ बजारीकरण गर्न र सदस्यहरुको बचत तथा ऋण लगाएतको काम गर्दै आएको र आगामी दिनमा कर्नाली प्रदेश सरकारले अघि सारेको अर्गानिक प्रदेशलाई साथ दिन कृषकको अर्गानिक बस्तु उत्पादनमा जोडदिइने बताउदै सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचार्यले जिल्लाभर ९ वटा सेवा कार्यालय स्थापना गरेको र १३ हजार सदस्यले उत्पादन गरेको बस्तुको ग्यारेन्टी गर्ने दाबी गर्नु भएको छ ।
गल्लिमा स्थापना भएको नर्सरीले आफुहरुलाइ सकारात्मक सन्देश दिएको स्थानियको भनाइ रहेको छ ।स्थानिय पुर्ण आचार्यले नर्सरी बने पछि आफुहरुले रोजगारी पाउनुका साथै जिल्ला बाहिर बाट आउने बिरुवा घर आगनमा पाउने बिस्वाश ब्यक्त गरेका छ्न ।
उक्त नर्सरीमा डिभिजन कार्यालय कालीकोटको ५ लाख र सहकारी सस्थाको १५ लाख गरि कुल २० लाख लगानीमा घेरबार सहित बृक्षारोपण गर्दै नर्सरी संचालनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित