कालीकोट । रास्कोट नगर प्रमुख धर्मराज शाहीले निति, विधि विपरित लेनदेन गर्न नसकिने प्रक्रियाको जानकारी गर्दा आफु विरुद्ध घुसको आरोप लगाइएको बताएको छन । नगर प्रमुख शाहीले आफ्नो नाम जोडेर कपोकल्पित भ्रम छरेको र चरित्र हत्या गरेको भन्दै ध्यानकर्षण भएको भन्दै आपत्ति जनाएका छन । रास्कोट नगर सरकारले गरेका लोकप्रिय, जनमुखी र ऐतिहासिक कामहरूबाट अत्तालिएका केहि व्यक्तिहरु नियोजित रुपमा रास्कोट सरकार र यसको नेतृत्व विरुद्धमा निरन्तर लागि परेको आरोप लगाएका छन । त्यसै गरी प्रमुख शाहीले यदि मैले मैले गल्ती गरेको भएमा कानून बमोजिम सजायको भागिदार हुन तयार रहेको दावि समेत गरेका छन । शाहिले ध्यानाकर्षण व्यक्त गर्दै यसो भनेका छन ।
ध्यानाकर्षण सम्बन्धमा !
मिति २०८२/०१/१६ गते एउटा अनलाइन मिडियाबाट म र माथिल्लो नेतृत्व को नाम जोडेर प्रचारित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गत स्थानीय निर्वाचनमा आर्थिक लगानी गरेर निर्वाचित भएको, सामुदायिक विद्यालयबाट कमिशन संकलन गरेको भन्ने जस्ता निराधार, कपोकल्पित र भ्रामक समाचारप्रति घोर आपत्ति तथा खेद प्रकट गर्दछु ।
रास्कोट नगर सरकारले गरेका लोकप्रिय, जनमुखी र ऐतिहासिक कामहरूबाट अत्तालिएका केहि व्यक्तिहरु नियोजित रुपमा रास्कोट सरकार र यसको नेतृत्व विरुद्धमा लाग्नु कुनै नौलो र अनौठो बिषय होइन ।
मलाई कुनै व्यक्तिले कमिसन वापत दिएको नगद, चेक, कुराकानी गरेको अडियो, भिडियो वा अन्य कुनै प्रमाण भए सार्वजनिक गर्न चुनौती दिन चाहन्छु । मैले गल्ती गरेको भएमा कानून बमोजिम सजायको भागिदार हुन तयार रहेको जानकारी गराउँदै ममाथि छानबिन गर्न गराउन आग्रह गर्दछु ।
तर केहि कुरा अस्वभाविक रुपमा माग गर्ने र सो कुरा दिन नसकिने, नमिल्ने भएपछि व्यक्तिगत तहमा चरीत्र हत्या गर्न काल्पनिक कथा रचना गर्ने कुराले सिंगो पत्रकारिता पेशाको बदनाम हुने गरेको छ । आग्रह पुर्वाग्रह राखेर, बार्गेनिङ गरेर लेखिने समाचारको विरुद्धमा कानूनी उपचार समेत गरिनेछ ।



















Discussion about this post