मध्यपश्चिम विश्व विद्यालय आत्मनिर्भरको अभियानमा लागेका छौं-उपकुलपति गौतम

कालीकोट । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा.डा.धु्रब कुमार गौतमले हरेक चुनौतिका बाबजुद विश्व विद्यालयको स्तर उन्नति र व्यवस्थापनका साथै आत्मनिर्भर हुनका लागि आफु लागि परेको बताएका छन ।

कालीकोट जिल्लामा रहेको तिला कर्नालि बहुमुखि क्याम्पसको अनुगमनका क्रममा गौतमले यस मध्यपश्चिम विश्व विद्यालयमा देखिएका समस्याको समाधानका लागि आफै निरन्तर रुपमा अघि बढेको बताएका छन । क्याम्पस पनि विश्व विद्यालयको एक अंग भएकाले कुनै पनि कमजोरी हुन नदिन योजना बद्ध कार्यक्रम अघि बढाएको बताउदै पछिल्लो समयमा विभिन्न विधामा १२ वटा नया पाठ्क्रम तथा विषयमा अध्यापनका लागि विस्तार गरेको बताएका छन ।

जनशक्ति अभाव देखि भौतिक संरचनाको समस्याले हामीलाई अल्झाइ रहेको र ति समस्याहरुको समाधानका लागि प्रदेश सरकारका तर्फबाट ठुलो सहयोग रहेको र अब स्थानिय सरकार संगको समन्वय तथा सहयोगका लागि अघि बढ्नु पर्नेमा जोड दिएका छन । उनले शैक्षिक क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था कर्नालिमा भएकाले लगानिमा आशा गरेको बताएका छन । त्यस्तै गरी रजिष्ट्रार शोभखर कर्णेलले उचित जनशक्ति, भौतिक संरचना तथा अन्य क्षेत्रको विकासका लागि मध्यपश्चि विश्वविद्यालयले योजनाबद्ध लागि परेको बताएका छन ।

स्वागत सम्मान कार्यक्रम कार्यक्रम बोल्दै तिलाकर्नालि बहुमुखि क्याम्पसका स्ववियु सभापति हिक्मत सिंहले तिलाकर्नालि बहुमुखि क्याम्पसका समस्याका बारेमा कुरा राख्दै भौतिक संरचना देखि अन्य कुराहरुमा विश्वविद्यालयबाट उचित ध्यान दिनु पर्नेमा आग्रह गरेका थिए ।

तिला कर्नालि बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रुद्र प्रसाद सापकोटाले यस अघि पनि विश्व विद्यालयले हाम्रो क्याम्पसलाई सहयोग गर्दै आएको र भोलिका दिनमा पनि उचित ध्यान जानेमा आशावादी रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6