प्रेस सेन्टरले देशभर बुझायो ज्ञापन पत्र

शन्ताेष भण्डारी/कालीकोट ।प्रेस सेन्टर नेपालले देशभर ज्ञापन पत्र बुझाएको छ । पत्रकारितासम्बन्धी पेशागत हकहित, प्रेस स्वतन्त्रता, र सञ्चार क्षेत्रको समग्र सुदृढीकरणका विषयमा देशभरका ७७ जिल्ला र ७ वटै प्रदेशमा ज्ञापन पत्र बुझाएको छ ।

सोही क्रममा कालीकोट जिल्लामा प्रेस सेन्टर नेपाल कालीकोटको आयोजनामा जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटराइ मार्फत ज्ञापन पत्र बझाइएको हो । प्रेस सेन्टर कालीकोटका अध्यक्ष विरेन्द्र आचार्य, केन्द्रिय सदस्य रत्न कार्की सहितको टोलिले ज्ञापन पत्र बुझाएको हो । सो कार्यक्रममा पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट, पत्रकार महासंघ कालीकोटका पूर्व अध्यक्ष कालि बहादुर मल्ल लगायतको सहभागिता रहेको थियो ।

त्यसै गरी कर्नँलि प्रदेशका मुख्यमन्त्रि यामलाल कर्णेललाई प्रेस सन्टर कर्नालि प्रदेशले ज्ञापन पत्र बझाएको छ । आन्तरिक मामिला एवं कानुनमन्त्री समेत रहेका मुख्यमन्त्रि यामलाल कर्णेलले पत्रकारको पेशागत हकहितका लागि आफु लागि परेको बताउदै मागहरुको उचित सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताइएको छ ।

उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष देविराम देबकोटा सहित केन्द्रिय सचिव गणेश कञ्चन भारतिको सहभागिता रहेको थियो । प्रेस सेन्टर नेपालले बर्तमान सरकारले प्रेस सम्बन्धि क्रियाकलापमा एकतर्फि गरेको आरोप लगाउदै विज्ञप्ति मार्फत स्वतन्त्र पत्रकारिताका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6