माओवादी केन्द्र द्धारा पालिका स्तरमा स्कुलिंङ्ग संचालन

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले कालीकोटका सबै पालिकामा पार्टीका निर्देशक सिद्धान्त, पार्टी सदस्यका काम कर्तव्य अधिकार,संगठनात्मक सिद्धान्त लगायतका विषयमा पालिका स्तरमा स्कुलिंङ्ग संचालन गरेको छ । रास्कोट नगर पालिकामा पहिलो पटक जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण स्कुलिंङ्ग सम्पन्न पछि पछिल्लो समयमा पालिका स्तरमा स्कुलिंङ्गमा तिव्रता दिइएको छ ।

नरहरिनाथ गाउँ पालिकामा ३ दिन सम्म शुरु गरेको स्कुलिंङ्ग कार्यक्रम पछि सान्नित्रिवेणि गाउँ पालिकामा शुरुवात गरिएको छ । सान्नित्रिवेणी गाउँ पालिकामा शुरु भएको स्कुलिंङ्ग मा पार्टी केन्द्रिय सदस्य जनकनाथ योगि, प्रदेश कमिटि सचिवालय सदस्य खड्गराज सेजुवाल,प्रदेश कमिटी सदस्य मनशोभा बुढा लगायतले सहिजकरण गरेको बताइएको छ ।

स्कुलिंङ्ग पालिका स्तरका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको प्रशिक्षक खडगराज सेजुवालले बताएका छन । उनका अनुसार जिल्लाका सबै स्थानिय तहमा पहिलो चरणमा आधारभुत रुपमा पार्टी स्कुलिंङ्ग संचालन गरिने छ । उक्त पार्टी स्कुलिंङ्ग कार्यक्रमको जिल्ला संयोजक डम्बर शाही सहितका नेताहरुको उपस्थितिमा शुरु भएको हो ।

पार्टीका नेता तथा कार्यक्रताहरुमा पार्टी निति विधि र सिद्धान्तका बारेमा जानकार हुंदा सहज हुने बताउदै पालिका स्तरमा संचालन गरिएको बताइएको छ । जनयुद्धकालमा हरेक तहका नेता तथा कार्यक्रताहरुलाई विभिन्न चरणमा स्कुलिंङ्ग संचालन गरेर प्रशिक्षित पार्ने काम भएपनि शान्ति कालमा केही समय रोकिएपनि पुन शुरुवात गरेकाले कार्यक्रताहरुमा ज्ञान हांसिल गर्न राम्रो भएको बताउन थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6