कालिकाेट । पचालझना गाउँ पालिका स्वास्थ्य शाखाकाे आयाेजना स्वास्थ्य सेवा केन्द्र कार्यालय कालिकोटकाे समन्वयमा आधारभूत सेवा केन्द्र लड्काटिया पचालझरना वडा नं ९ मा पुरुष बन्ध्याकरण र महिला लामो अस्थायी साधन सेवा कार्यक्रम सम्पन्न भएको बताईएकाे छ । पचालझरना र आसपासका पालिका हरु बाट सेवाग्राही हरुले सेवा लिन सहजता का लागि शिबिर संचालन गरिएको पचालझरना गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष ललिजङ बहादुर शाहीले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल कालिकोटका डा . शुभनाराण ठाकुर M.D.G P काे उपस्थितिमा शिबिर संचालन गरिएको छ । शिबिर उद्घधाटनमा कार्यक्रममा बाेल्दै पचालझरना स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सँन्ज्यालका अनुसार याे सामान्य अप्रेसन भएकाले चिन्ता लिनु नपर्ने बताउनु भएको छ । शिबिरमा पुरुष २० जनाले भ्याक्सटाेमी गरेकाे बताईएकाे छ । सानाे परिवारकाे शुखि परिवारका लागि भविष्यमा शिक्षा , दीक्षा ,लालन पालनका लागि स्थानीय सरकारले पहल गरेकोमा पचालझरना गाउँपालिका वडा नं ९ का स्थानीय जसे दर्जिले बताएका छन ।





















Discussion about this post