मैले छोरीलाई १४ वर्ष अघि जन्मदर्ता गरिसकेको थिए अहिले मिडियामा आएर होइन -सुवास

कालीकोट । रास्कोट निवासी पदम खड्का(सुवास) आफ्ना विरुद्ध भ्रम छरेर असत्य माथि सत्यता हासिल नगर्न चेतावनी दिएका छन । आफुले छोरीलाई १४ वर्ष अघि जन्मदर्ता गराएको उल्लेख गर्दै अहिले मिडियमा भने जसरी वेवास्ता नगरेको जिकीर गरेका छन । फेसबुक स्टाटसमा लेख्दै ८ वटा बुँदामा आफुले कसैमाथि अन्याय नगरेकाले चाहिदो कुराका बारेमा बोल्ने बताउँदै शुभ चिन्तकमा भ्रमित नहुन आग्रह गरेका छन । सुवासले उल्लेख गर्दै “पत्रकार भनाउदाले आफ्नो निच स्वार्थका लागि नाबालिका नानीलाई प्रयाेग गरी नागरिक्ता बनाईदियो रे थुक्क लाजमान्नु पर्ने भन्दै आफ्नो निहित स्वार्थका लागि ” नराम्रा क्रियाकलाप गर्दै आएको आरोप लगाएका छन । यि विषयहरु उत्साह र चिन्ताको दुबै चित्कार भएको समेत बताएका छन ।

कर्नाली संचार संग कुरा गर्दै अति गरेपछि आफु पनि सोही किसिमले लाग्न बाध्य हुने समेत बताएका छन्।

नेकपा माओवादी केन्द्र रास्कोटका अध्यक्ष समेत रहेका पदम खड्का(सुवास) पूर्व जनमुक्ति सेना समेत हुन । जनयुद्ध ताका उनले अन्तर जातिय विवाह गरेका थिए । सोही क्रममा जन्मिएकी छोरी सलमीले नागरीकता प्राप्त गरेकी छन । उनले आफुले बाबुको अंश दावि गर्दै जिल्ला अदालत कालिकोटमा मुद्धा दायर गरेकी छन । सुवासले यर्थातता नबुझी कुनै प्रतिक्रिया नलिइ एक होरो प्रचार गरिनु न्याय संगत नभएको दावि गरेका छन । उनले केही उच्छृंखल क्रियाकलाप नगर्न आग्रह समेत गरेका छन । छोरीलाई आफै व्यवस्थापन गर्छु भनेर घर लिन्छु भन्दा केही तत्वहरू लागि परेको समेत बताएका छन् ।

उनले लेखेको जस्ताको त्यस्तै !

१) आदरणीय मेरा सम्पुर्ण आमा बुवा दाजुभाइ दिदि बैनि र शुभ चिन्तकहरुमा हार्दिक नमस्कार सहित अभिबादन ।
२) हिजाे आज मेराे बिषयमा निकै चर्चा छ याे चर्चा उत्साह र चिन्ताकाे दुबै चीत्कार हुन ।
३) अनि के याे सत्य हाे ? हैन याे त केबल पत्रकारिताको नाममा आफ्नो कायर प्लायन र दिशाहिन तत्वहरुकाे पराकाष्टाकाे ढुगढुगि मात्र हाे ।
४) याे दुनियाँमा मैले बुझेको सत्य एउटै हुन्छ १०० मा ९९ प्रतिसत असत्य बाेले पनि १ प्रतिसत सत्यकाे बिजय हुन्छ
५ अर्को सत्य भनेकाे मैले छाेरिलाई जन्म दर्ताकाे प्रमाण पत्र २०६८/७/५ मा नै दिलाई सकेकाे जन्म दर्ता नै नागरिक्ता हाे भन्ने बुझ यदि बुझ्दैनाै भने ।
६) अर्को सत्य भनेकाे अझ बुझ्दैनाै भने छाेरि आजकाे मितिमा १७ बर्ष ६ मैनाकाे उमेर मात्र भयाे नागरिक्ताकाे बिषयमा मैले बुझेकाे छाेरिलाई उल्टै यिनिहरु पत्रकार भनाउदाका कारणले कन्ट्याक्ट बिहिन बनायाै जबाफ दिनुपर्छ लेख्नेहरुले ।
७) पत्रकार भनाउदाले आफ्नो निच स्वार्थका लागि नाबालिका नानीलाई प्रयाेग गरि नागरिक्ता बनाईदियाै रे थुक्क लाजमान्नु पर्ने धाेति खसेकाे थाहा नपानेहरु ले के न्यायदिस अदिबक्ता आफै हाै साेच्छाै उसकाे भबिस्यमाथि मजाक गरिराखेका छाै याे जिम्मेवारी तिमिले लिनु पर्छ ।
८) सक्छाै भने देशका नदिनाला,लाउडा, गिरिबन्दु टिस्टेट, ललिता निवास लगायतकाे मुद्दा नेपाली जन्ताले उठाएका छन । नेपाली जनतालाई न्याय दिलाई देउन माेहदय ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6