कालिकोट । पचालझरना गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) काे दाेस्राे गाउँ अधिबेशन तयारी अन्तिम चरणमा पुगेको छ । पटक पटक अधिबेशन हुने मिति तय गरिएको भएपनि नेताहरूको कार्य ब्यस्तताका कारण र पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । जेष्ठ १२ र १३ गते हुने अधिबेशन तयारीकाे काम अन्तिम चरणमा रहेको पचालझरना गाउँ कमिटी अध्यक्ष गाैरी प्रसाद सँज्यालले जानकारी दिएका छन । उक्त अधिवेशन उद्धघाटन कार्यक्रममा माओवादी पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज जीवन बुढा ,केन्द्रीय सदस्य तथा सह इन्चार्ज गंंगा बाेगटी, प्रदेश कमिटी सदस्यका साथै जिल्ला अध्यक्ष डम्बर बहादुर शाही , सचिव सराेज बाेगटी लगायतका नेताहरूकाे उपस्थिति रहने माओवादी केन्द्र ) का प्रदेश कमिटी सदस्य तथा पालिका ईन्चार्ज तारा न्याैपानेले बताएकी छन। दोस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिने बताईएकाे छ । अधिबेशन सफल पार्न पार्टी पंक्ति लागि परेको र पचालझरना गाउँ पालिका पडेक्षामा भब्य कार्यक्रम हुने प्रचार बिभाग प्रमुख स्वर्णिम शाहीले जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रले जेष्ठ सम्म सबै पालिकामा गाउँ अधिवेशन सम्पन्न गर्ने योजना बनाएको छ।




















Discussion about this post