कालीकोट । क्रान्तिकारी पत्रकार एवम प्रगतिशिल लेखक कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवस मनाइएको छ ।
प्रेस सेन्टर नेपाल कालीकोट शाखाको आयोजनाममा गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तुलाराम पाण्डे,पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट,प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रत्न कार्की लगायतको उपस्थितिमा गरिएको कार्यक्रममा शहिद सेनको जिवनि सहित गरेको कृतिहरुको चर्चा गर्दै प्रेस सेन्टरका केन्द्रिय सदस्य रत्न कार्कीले नेपालमा क्रान्तिकारी पत्रकारहरुको अग्रज कृष्ण सेनले खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा सहभागिहरुले शहिद सेनको फोटोमा माल्यार्पण गरेका थिए । सो कार्यक्रममा स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका ेकन्द्रिय सदस्य तुलाराम पाण्डेले पत्रकारका क्षेत्रमा ठुलो योगदान दिनु भएका कृष्ण सेन नेपालका लागि महत्वपूर्ण भुमिका निभाउनु भएको धारणा राखेका थिए ।
त्यसै गरी पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्टले सेन नेपालि पत्रकारहरुको धरोहर भएको बताउदै सबैले वहाँलाई सम्झनै पर्ने बताए ।प्रेस सेन्टर नेपाल कालीकोट शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला शाखा कालीकोटका अध्यक्ष विरेन्द्र आचार्यले कृष्ण सेनका अधुरा सपनाहरु पुरा गर्ने दायित्व नेपालि क्रान्तिकारी पत्रकारहरुमा आएको बताएका थिए ।

















Discussion about this post