गणतन्त्र दिवसमा पचालझरनाले वक्तृत्वकला प्रतियोगिता, जनप्रिय मावि प्रथम

कालीकोट । गणतन्त्र दिवसका अवसरमा पचालझरना गाउँ पालिकाले वक्तृत्वकला प्रतियागिता गरेको छ । पचालझरना गाउँ पालिकामा रहेको माध्यमिक विद्यालयहरुबाट प्रतिनिधित्व रहेको कार्यक्रममा जनप्रिय मावि बोलुगाउँले प्रथम स्थान हांसिल गरेको छ ।

त्यसै गरी दोस्रोमा पंचकालिका मावि बांझकोट, तेस्रो स्थानमा सरस्वति माधयमिकत विद्यालय भिटा आएको बताइएको छ । पचालझरना गाउँ पालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा पंगेलि माध्यमिक विद्यालयको सहभागिता नभएपनि सबै विद्यालयबाट उपस्थिति रहेको बताइएको छ ।

बरिष्ठ शिक्षा अधिकृत धु्ब संज्यालका अनुसार विगतका समयमा झै यस पटक पनि गणतन्त्र दिवसमा शिक्षाको भुमिकाका विषयमा कार्यक्रम गरिएको हो ।  साे कार्यक्रममा शैक्षिक परिवर्तनका लागि गणतन्त्रकाे भुमिका विषयक बक्तृत्वकला प्रतियागितामा सहभागि पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही (अग्नि), पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमका सहभागि छात्रा, छात्रहरुले गणतन्त्रका कारण अहिले देशमा परिवर्तन आएको र जनताको शासनको प्रत्याभुति भएको वक्तृत्वकलामा प्रस्तुत गरेका थिए ।

वक्तृत्वकलाका सहभागिहरु मध्ये प्रथम स्थान हांसिल गर्ने जनप्रिय माध्यमिक विद्यालयका छात्रा साधना बुढा,दोस्रो स्थान ल्याउने पञ्चकालिका माध्यमिक विद्यालयका छात्र विकास आचार्य र तेस्रो स्थान ल्याउन सरस्वति माध्यमिक विद्यालयका राधिका संज्याललाई पुरुस्कार वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6