कालीकोट । गणतन्त्र दिवसका अवसरमा रास्कोट नगर पालिकाले सडक र्यालि सहित शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रास्कोट नगर पालिका प्रमुख, उपप्रमुख सहितका बजारबासि,समुदाय तथा व्यवसायिहरुको उपस्थितिमा सडक र्यालि गरिएको हो ।
शुभकामनाका क्रममा बजार परिक्रममा सहित शुभकामना दिने वक्तहरुले जनताले लामो संघषबाट प्राप्त भएको व्यवस्था भएकोले यसलाई मास्नका लागि विभिन्न तत्वहरु लागि परेको बताउदै सचेत नागरिकले अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
रास्कोट नगर प्रमुख धर्मराज शाही,नगर उपप्रमुख मनिराज बराल लगायतको सहभागिता रहेको बताइएको छ । आज जिल्लाका विभिन्न ठाउँमा रचनात्मक कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको छ । जिल्ला सदरमुकाम मान्ममा भने गणतन्त्र दिवसका अवसरमा कुनै पनि कार्यक्रम नभएको बताइएको छ । यस अघि लोकतन्त्र दिवसमा व्यापक कार्यक्रम गरी मनाइएको भएपनि गणतन्त्र दिवसमा भने कुनै पनि निकायले कार्यक्रमको आयोजना गनरेको बताइएको छ । सान्नित्रिबेणि गाउँ पालिकाले विभिन्न कायर्यक्रम सहित दिपाविल मनाएकाे छ ।



















Discussion about this post