रुपेन्द्र ऐडी-कालीकोट । जिल्लाको अति दुर्गम मानिने पलांता गाउँ पालिकाले सबै समुदायको घर विमा गर्ने भएको छ । कर्नालि प्रदेशले केही समय अघि घर विमाका लागि सुचना आव्हान गरेर प्रस्ताव पेश गरेका पालिकाहरुमा घर विमा हुने भएको हो ।
जिल्लाका तिलागुफा नगर पालिका, महाबै गाउँ पालिका र पलांता गाउँ पालिकाले मात्र प्रस्ताव पेश गरेको ति वटै स्थानिय तहका सात हजार छ सय तिन घरको विमा हुने बताइएको छ । उक्त प्रस्ताव अनुसार जिल्लाको पलांता गाउँ पालिकामा दुई आठ सय ३४ घरधुरी रहेका छन, महाबै गाउँ पालिकाका एक छ सय १५ र तिलागुफा नगर पालिकामा तिन हजार एक सय ५४ घर रहेको जनाइएको छ । जसमा पलांता गाउँ पालिकामा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनि लि.ले सम्झौता गरेको छ भने महाबै गाउँ पालिकामा शिखर इन्स्यारेन्स कम्पनि लि. र तिलागुफा नगर पालिकामा राष्ट्रिय विमा संस्थानले सम्झौता गरी अघि बढ्ने जनाइएको छ ।

शिखर इन्स्योरेन्स कम्पनि जिल्ला शाखा कालीकोटका लोकजंङ् शाहीका अनुसार प्रदेश सरकारले सबै घरको विमा शुल्क भुक्तान गर्ने र पालिकाको प्राविधिक सहयोग रहने बताए । आफुहरु विमकको रुपमा कार्य थालनि गरेको जनाइएको छ । यस कार्यक्रमले समुदायको घर क्षति भएमा प्राविधिक मुल्याँकन अनुसार विमा राहत भुक्ता गर्न जनाइएको छ । कालीकोट जिल्लामा यस अघि रास्कोट नगर पालिकाले घर विमा कार्यक्रम शुरु गरेको थियो ।
कर्नालि प्रदेश सरकार आर्थिक तथा कानुन मन्त्रालय द्धारा घरविमा कार्यक्रम शुरु गरिएको हो । घर विमा कार्यक्रमले कालीकोटका सात हजार छ सय ३ घरहरुको क्षति भएमा उचित राहत उपलब्ध गर्दा समुदायलाई ठुलो राहत मिल्ने जनाइएको छ ।
यस सन्दर्भमा पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले प्रदेश सरकारको सहयोगमा भएको कार्यक्रमले पलाँताका समुदायहरुका लागि ठुलो राहत हुने बताउदै सबै समुदायले विमा कम्पनिले मागेका आवश्यक विवरणहरु समयमै उपलब्ध गराउन अनुरोध गरेका छन । पलाताँ गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमाल जैसीको उपस्थितिमा घरविमा कार्यक्रम सम्झौतामा हस्ताक्षर गरिएको जनाइएको छ ।
जिल्लाका अन्य दुई नगर पालिका र ४ वटा गाउँ पालिकाले भने उक्त प्रस्तावका बारेमा जानकारी नभएको बताएका छन ।






















Discussion about this post