हिमचुली सहकारीद्धारा कर्जा तिर्ने सम्बन्धि ३० दिने सुचना

कालीकोट । सहकारी द्धारा कर्जा प्रवाह गरिएका सदस्यहरुको भाखा अवधि समाप्त भएकाहरुलाई ३० दिन भित्र ऋण तिर्न सार्वजनिक सुचना जारी गरेको छ । सहकारीको कर्जा विभागले जिल्लाका विभिन्न सेवा कार्यालयबाट कर्जा प्रवाह गरी हरेक व्यवसाय गर्दै आएका सदस्यहरुलाई तोकिएको भाखा अवधि भित्र रकम चुक्ता नभएकाहरुलाई प्रथम पटक ३० दिनको सार्वजनिक सुचना जारी गरेको हो ।

सहकारीले आगामि अषाढ २३ गते सम्मका लागि सुचना जारी गर्दै सम्बन्धित सदस्यहरुले कार्यालयमा आएर आ आफ्नो कर्जाको हिसाव किताव चुक्ता गर्न आव्हन गरेको जनाइएको छ । सहकारी संस्थाले ३० दिन भित्र चुक्ता गर्न नआएमा सहकारी ऐन २०७४को दफा ७९ सहित राष्ट्रिय सहकारी प्राधिकरणले जारी गरेको मापदण्डका साथै संस्था द्धारा जारी कर्जा लगानि तथा असुलि कार्यविधि अनुसार अघि बढ्ने जनाइएको छ ।

सहकारी संस्थाका हाल १५ हजार ५ सय ५६ जना सदस्यहरु मध्ये ३ हजार ३ सय जनाले विभिन्न व्यवसायका लागि कर्जा लिएको कर्जा उपसमिति संयोजक धनलाल अधिकारीले बताएका छन । उनका अनुसार यहि मिति २०८२ साल जेष्ठ महिनामा बसेको उपसमितिको बैठकले जिल्लाभर भाखा अवधि पुरा भएका सदस्यहरुलाई प्रत्यक्ष भेटघाट,एसएमएस तथा जमानि कर्तालाई भेट्ने योजना रहेको छ । कर्जा उपसमिति संयोजक अधिकारीका अनुसार जिल्लाभर भेटघाट गर्दा पनि वेवास्ता गर्ने सम्पर्क विहिन हुने सदस्यहरुको आवश्यक प्रक्रिया अवलम्बन गरिने छ ।
सहकारी संस्थाले हाल जिल्लाभर ३७ करोड कर्जा प्रवाह गरेको जनाइएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले विभिन्न व्यवसाय तथा वित्तिय कारोबार गर्दै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6