पचालझरना सरकारले गाउँ पालिकामा योजना तर्जुमा लागि दलहरुको सुझाव माग्यो

कालीकोट । आउदो गाउँ सभाका योजनाका लागि पचालझरना गाउँ पालिकाले सर्वदलिय उपस्थितिमा सुझाव मागेको छ । पचालझरना गाउँ पालिकामा रहेका राजनैतिक दलका प्रमुखहरुको उपस्थितिमा योजना तर्जुमा लागि सुझाव मागेको हो ।

पचालझरना गाउँ पालिकामा रहेका दलहरुका मुख्या नेतृत्वहरुको उपस्थितिमा सुझाव संकलन गरिएको हो । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम सेजुवाल सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका तर्फबाट पचालझरना गाउँ पालिकाको समग्र विकासका लागि सुझावहरु दिएका छन ।

जसमा नेपालि कांग्रेसका तर्फबाट जन्म न्याैपाने, नेकपा एमालेका तर्फबाट रण रोकाया, नेकपा(माओवादी केन्द्र)का तर्फबाट तारा न्यौपाने,नेकपाका तर्फबाट मनिलाल ऐडी लगायतका नेताहरुले विकास सम्बृद्धिका लागि सबैको सहयोग समर्थनका साथै रचनात्मक भुमिका निर्वाहका लागि अनुरोध गरेका छन । आर्थिक वर्ष २०८२।०८३का लागि वार्षिक निति तथा कार्यक्रम र बजेट तर्जमा सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले विभिन्न सरोकारवालाबाट महत्वपूर्ण सुझावहरु आएकाले योजना तथा वजेटमा समाबेश गर्ने प्रतिवद्धता जनाएका छन ।
गाउँ सभा अघि हरेक पालिकाले सरोकारवालाहरुबाट सुझाव लिने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6