कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा आज बिहान ७:३० देखि १०:४५ बजेसम्म भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला समन्वय समिति कालीकोटका संयोजक डिबि शाही क.दिलिपले गर्नुभएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्नुभएको बताईएकाे छ ।
बैठकमा पार्टीका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, जिल्ला इन्चार्ज जीवन बुढा, सह-इन्चार्ज गंगा खड्का लक्ष्मीप्रसाद चौलागाईं काे सहभागीता रहेको बताएका छन्। भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश कमिटी सदस्यहरू, स्थानीय तहका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्षहरू, स्थानीय सरकार प्रमुख तथा उपप्रमुखहरू, र नेता कार्यकर्ता हरुकाे समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी सबैकाे पार्टीलाई सशक्त र प्रभाबकारी रुपमा अगाडि बढाउन आ आफ्नोतर्फबाट भुमिका खेल्न एकमत रहेकाे बताएका छन ।

बैठकमा विभिन्न स्थानीय कमिटीहरूले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेका थिए भने अतिथिहरूले समसामयिक राष्ट्रिय राजनीतिक अवस्थामाथि प्रशिक्षणमूलक मन्तव्य राख्दै संगठनात्मक अनुशासन र एकता मजबुत पार्न विशेष जोड दिनुभयो।
बैठकले बाँकी रहेका पालिका तथा जवसका सम्मेलनहरू साउन महिनाभित्र सम्पन्न गर्ने, पार्टीको हाल सञ्चालनमा रहेको ६ महिने अभियानका बाँकी दुई महिनालाई थप प्रभावकारी बनाउँदै जिल्लाभर तीव्र रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेटलाई जनपक्षीय बनाउने निर्देशनसमेत बैठकले दिएको छ।
बैठक समापनमा संयोजक डिबि शाहीले बैठकमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिता र जनपक्षीय कार्यदिशा अवलम्बन गर्न आह्वान गर्नुभएको थियो।





















Discussion about this post