कालिकोट । पचालझरना गाउँपालिकामा पुर्ण खाेप सुनिश्चितता तथा दिगोपना घाेषणा कार्यक्रम सम्पन्न भएको बताईएकाे छ ।
पालिका खाेप समन्वय समिति संयाेजक तथा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्ष्ाता भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत काे बिशेष आतिथ्यता पचालझरना गाउँ पालिका उपाध्यक्ष तथा पालिका खाेप समन्वय उप संयाेजक अल्किना बम , जिल्ला खाेप समन्वय समिति सदस्य सचिव तथा जिल्ला अस्पताल कालिकोटको निमित्त ब्यबस्थापन कटक महत , वडा नं १ देखि ९ सम्मका वडा अध्यक्ष , पचालझरना गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम शाखाका प्रमुख , प्रत्याेक वडा बाट महिला स्वास्थ्य संयम सेविका र सराेकार वाला हरुकाे उपस्थिति रहेको थियोे ।
” स्थानीय दायित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिबद्धता ” भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच सम्पन्न गरिएको बताईएकाे छ । कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख शाहीले स्वास्थ्य क्षेत्र असाध्यै संवेदनशील क्षेत्र हाे यसलाई बिस्तारै भए भईहाल्छ नि भनेर भन्न नसकिने भएकोले यसका लागि दिगो बिकासका लक्ष्य पचालझरनाले सुनिश्चितता गर्न स्थानीय सरकारले ध्यानाकर्षण गर्नुपर्नेमा सुझाव दिनु भएको छ । स्थानीय तहमा सहिद परिवार गरिब , दलित घर परिवारलाई स्वास्थ क्षेत्रका पर्हँच भन्दा बाहिर रहेका समुदायलाई समेटेर नतिजा दिनुपर्ने जाेड दिएकाे बताईएकाे छ । कार्यक्रम समापनमा बाेल्दै पालिका अध्यक्ष देवराज शाहीले भाैगाेलिक रुपमा जटिलता भएकाले हाेम डेलिभेरीकाे समस्या रहेको बताउनु भएको छ ।जिल्ला काे तेस्रो पचालझरना गाउँ पालिका घाेषणा गरिएको र कालिकोट जिल्लाको ९ वटा स्थानीय तह जेठ १५ गतेसम्म पुर्ण खाेप सुनिश्चितता हुने निमित्त ब्यबस्थापक कटक महतले जानकारी दिनुभएको छ । पुर्ण खाेप सुनिश्चितता प्रमाण प्रत्र प्रत्याेक वडा लाई हस्तान्तरण गरिएको थियाे।



















Discussion about this post