पचालझरनाकाे बजेट पाैने २४ कराेड

कालिकोट । पचालझरना गाउँपालिका को १४औं  गाउँ  सभा सम्पन्न भएको  छ । पचालझरना गाउँपालिका अध्यक्ष  देवराज शाहीको  अध्यक्षतामा  भएको  कार्यक्रम १४ औं गाउँ सभाले  आर्थिक  वर्ष ०८२।०८३ को बजेट  प्रस्तुत गरिएको  हो । पचालझरना गाउँ पालिका उपाध्यक्ष  अल्किना बमले  आर्थिक  वर्ष ०८२।०८३ का लागि  अनुमानित  कुल बजेट  रु ४३ करोड ८६ लाख २९ हजार ३ सय ५२ प्रारम्भिक अनुमान गरिएको  हो । जसमा नेपाल   सरकारबाट समानिकरण  अनुदान रकम   ८ करोड ८९ लाख ,संघिय समपुरक अनुदान ८० लाख सहित संघिय बिशेष  अनुदान ४ करोड प्रााप्त भएको  बताईएको छ । चालू खर्च  तर्फ  २७ करोड ९१ लाख ३२ हजार ३ सय ५२ रुपैयाँ  बिनियोजन गरिएको  हो ।त्यसैगरी  पुजिँगत तर्फ  कुल बजेट  १३ करोड ६० लाख ९८ हजार बिनियोजन गरिएको  छ । पचालझरना गाउँ पालिकाका वडा  सरकारलाई  न्युनतम  १५ लाखका दरले  जम्मा  रु १ करोड ३५ लाख  बिनियोजन गरिएको  छ । विगतका वर्षहरुमा अध्यक्ष तथा उपाध्यक्ष कोषको रकम व्यवस्थापन गर्दै आएकोमा आगामि वर्ष भने सो कार्यक्रम नगर्ने पचालझरना गाउँ पालिकाले जनाएको छ ।

पचालझरना गाउँ पालिकाको गाउँ सभा सम्पन्न,४३ करेाड ८६ लाख बजेट विनियाेजन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6