रुपेन्द्र ऐडी/कालीकोट । पलाता गाउँ पालिकाको मुख्य केन्द्रका लागि भएको विवाद समाधान भएपछि पलांता गाउँ पालिकाका स्थानियमा खुशियालि छाएको छ । सर्वाेच्च अदालत द्धारा आज उक्त रिट खारेज गरे संगै विवाद टुंगिएको छ ।
यस अघि अस्थायी केन्द्रका रुपमा रहेको रानिविसौना केन्द्र सर्वाेच्चको फैसला संगै विवाद अन्त भएको हो । सर्वाेच्च अदालतमा गएको पौष २९ गते जोहर मुद्धाको आज टुंगो लागेको हो । आज भएको बहसमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी सहितका अधिवक्ताले गरेको बहसमा उक्त रिट खारेज गरेको हो । पलांता गाउँ पालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया(इन्द्र)ले आज असार १६ गते भएको रिट खारेज संगै स्थायि केन्द्रका रुपमा रानिविसौना गाउँ पालिकाको केन्द्र कायम भएको बताए । कर्नालि संचार संग कुरा गर्दै पलांतिा जनताको ठुलो त्याग तपस्या र स्थानिय सरकारले गरेको लगानिको प्रतिफल प्राप्त भएको बताएका छन ।
यसका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिदै अध्यक्ष रोकायाले अबको १० देखि १५ दिन भित्र पूर्ण पाठ आउने र कानुनि बाधाहरु समेत हटेकाले रानिविसौना गाउँ पालिकाको केन्द्र हुंदा जनताको सहजता कायम हुने गरी न्याय संगत भएको दावि गरेका छन ।
जनताको हितमा भएको कामले आफ मात्र नभई कालीकोट जिल्लाको लागि समिति यस कार्यलय राम्रो सन्देश दिएको बताइएको छ । अस्थायि रुपमा साविकको थिर्पु गाविसबाट कामकार्वाही चलिरहेको अवस्थामा गाउँ पालिकाको निणर्य मार्फत रानिविसौना सारिएकोमा स्थानियले विरोध जनाएका थिए । सोही कारण थिर्पुका कर्णबहादुर बम लगाएत पाँच जनाले पलाँता गाउँ पालिका केन्द्र मनोमानि रानी बिसौना सारेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि गाउँपालिकाको प्रशासनिक केन्द्र स्थान्तरण गरेकाले यथास्थानमा राख्न पत्र पठाएको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि उत्प्रेषण आदेश कार्यान्वयन गर्न २०८१ माघ २१ गते गाउँपालिकामा पत्र पठाएको भएपनि पलाँता गाउँ पालिकाले पूर्ण फैसला नहुंदा सम्म रानिविसौनाबाट कामकार्वाही सुचारु गर्दै आएको थियो । सर्वाेच्चको फैसालले पलांति जनताहरुमा खुशियालि छाएको स्थानिय नवराज बुढाले बताए ।
नेकपा माओवादी केन्द्रका नेता मान बहादुर भण्डारीले जनताकाे पक्षमा भएकाे फैसलाले सबैले न्याय नमरेकाे भन्ने प्रमाणित गरेकाे बताएका छन ।




















Discussion about this post