केशव शाही / कालीकोट । पचालझरना गाउँ पालिका स्वास्थ्य शाखा काे आयाेजनामा पालिका स्तरिय स्वस्थ बच्चा सम्मान कार्यक्रम गरेको छ । गाउँ पालिकाले ” मेराे सन्तान मेराे सान ” भन्ने मुल नाराका साथ भएको कार्यक्रममा पचालझरना गाउँ पालिका भित्रका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका ९ जना सुनौलो हजार दिनका आमाहरुलाई सम्मान सहित प्रशंसा प्रत्र बितरण गरिएको हो । बिगत देखिनै याे कार्यक्रम लाई निरन्तरता दिदै आईरहेको भएपनि यस वर्ष समानित गरिएको हो । सो कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष शाहीले परिवार र सरकारकाे दाेहाेराे जिम्मेवारीबाट मात्र बालबालिकाे भबिस्य निर्माण हुने भएकाले सबैले सचेत हुनु पर्नेमा जोड दिएका छन् ।
पचालझरना गाउँ पालिकाका प्रशासकीय अधिकृत कमल बहादुर बमकाे अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालको संचालनमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बिर्ख लुवार, वडा नँ ४ का वडा अध्यक्ष अनरुप राेकाया , वडा नं ८ का अध्यक्ष जयराम टमटाको उपस्थिति रहेकाे थियोे । सम्मानित आमाहरुले खुशी हुँदै पालिका स्तरमा सम्मान गरेकोमा धन्यवाद दिएकी छन ।





















Discussion about this post