कालीकोट । रास्कोटमा ५० दिने दक्ष ज्यामि (डकर्मि) तालिम सम्पन्न भएको छ । युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना अन्तरगत प्रधानमन्त्रि रोजगार कार्यक्रमको आयोजना तथा इलाईट इन्फ्रास्क्टचर डेभ्लप्मेन्ट अन्तरगत १० जना युवाहरुलाई डकर्मि तालिम समापन गरिएको छ । तालिमको अन्तिम दिन शनिबार एक कार्यक्रमका विचमा डकर्मि तालिममा सहभागि युवाहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
रास्कोट नगर पालिकाका नगर प्रमुख धर्मराज शाहीको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै प्रमुख शाहीले युवाहरुमा दक्ष ज्यामि सिप सिकाइलाई व्यहारिक प्रयोग गर्न अनुराधे गर्दै बाहिरबाट दक्ष्य मिस्त्रि ल्याउनु पर्ने अवस्था नआउने बताएका छन ।
रास्कोट नगर सरकारले ५० दिन सम्म संचालन गरेको डकर्मि तालिमलाई जिवन व्यबहारमा लागु गर्न आफु लागि पर्ने भन्दै तालिममा सहभागि नमराज महताराले विश्वास दिलाएका छन । उनले भने गाउँ घरमा आफै सिपकला सिकेर दक्ष्य ज्यामि मिस्त्रि भएको तर प्रमाण नभएको अवस्थामा आफुहरुले विगतमा सिकेको सिप सिमित भएपनि प्रमाण पत्र सहित दक्ष्य ज्यामिको लागि सक्षम हुने बताएका छन । सो कार्यक्रममा रास्कोट नगर पालिका वडा नम्बर ५का वडा अध्यक्ष मन तिरुवा, प्रमुख कार्यकारी अधिकृत जवानसिंह बम, रास्कोट नगर पालिकाका रोजगार संयोजक प्रशान्त शाही सहितको सहभागिता रहेको बताइएको छ ।
रास्कोटमा संचालित प्रधानमन्त्रि तथा मुख्यमन्त्रि कार्यक्रममा युवाहरुको सहभागितामा रोजगार सृजना गराएको स्थानिय आत्मनिर्भर तर्फ अघि बढेको बताइएको छ ।






















Discussion about this post