रुपेन्द्र ऐडी-कालीकाेट । हिमचुली कृषि सहकारी सँस्थाकी सदस्य तथा खाँडाचक्र नगर पालिका २ निवासि स्वर्गिय पाँचा खड्काका घरपरिवारलाइ २ लाख विमा राहत हस्तान्तरण गरिएकाे छ ।
सहकारी संस्थाका अध्यक्ष काली बहादुर महतारा र सल्लाहकार कटक महत सहितको उपस्थितिमा मृतक पाँचा खड्काका परिवार अर्थात श्रीमान मनोज कुमार खड्कालाई राहत हस्तान्तरण गरिएको हो । सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले सहकारीले आफ्ना सदस्यहरुलाई कालगति विमा कार्यक्रम गर्दै आएको र सोही क्रममा सदस्यहरुको उपस्थितिमा राहत हस्तान्तरण गरिएको बताउनु भएको छ । सहकारीले हाल सम्म एक करोड बढि रकम हस्तान्तरण गरिएको बताउदै सबै सदस्यहरुले विमामा आवद्ध हुन आग्रह गर्नु भएको छ ।
सोही क्रममा सहकारी संस्थाका समाजसेवि भिम प्रसाद बरालले कालीकोटमा सहकारीले गरेको अतुलनिय योगदानको कदर गर्दै सबैले सहकारीमा गालेबद्ध हुन आग्रह गर्नु भएको छ । त्यसै गरी सस्थाका संस्थापक तथा सल्लाहकार कटक बहादुर महतले जिवनको कुनै पनि मोडमा कति खेर के हुन्छ भन्ने थाहा नभएकाले विमामा आवद्ध हुनु सबैका लागि जोखिम न्युनिकरण गर्ने बताउदै हिमचुली कृषि सहकारी संस्थाले कालीकोटका ग्रामिण क्षेत्रमा सहयोगिको भुमिका निर्वाह गरेको बताउदै मृतक प्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको थियो । सहकारी संस्थाले हरेक सदस्यहरुको कालगति तथा दुर्घटना विमा कार्यक्रम गर्दै आएको छ ।





















Discussion about this post