जिल्लाभरबाट उत्कृष्ट स्वास्थ्य कर्मिमा बिरेन्द्र संज्याल सम्मानित

कालीकोट । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पचालझरना स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र संज्याल सम्मानित भएका छन । कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सम्मानित गरिएको हो । जिल्लाका ९ वटै पालिकाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भए संगै जिल्लालाई आज घोषणा गरिएको हो । कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघिय सांसद महेन्द्र बहादुर शाहीको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न विधामा सम्मानित गरिएको थियो ।

त्यसै गरी उत्कृष्ट कर्मचारीमा भद्र सेजुवाल सहितका कर्मचारीलाई सम्मानित गरिएको आयोजकले जनाएको छ । खोप समन्वय समितिका संयोजक रहेका जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटा स्थानिय तहका प्रमुख , स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले हरेक वर्ष आवश्यक मापदण्ड सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गर्दै आएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहेका प्रथम मुख्यमन्त्रि शाहीले स्वास्थ्य क्षेत्र संवेदनशिलतालाई ध्यानमा राख्दै  गुणस्तरिय सेवा प्रवाहमा जोड दिनु पर्नेमा आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित
error: Content is protected !!
Home Long - 6